डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ लाई प्रदर्शनको अनुमति डोल्पा

हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ ले प्रदर्शनको अनुमति पाएको छ । देशका हिमाली क्षेत्रहरुमा प्रचलित बहुपति प्रथामा आधारीत चलचित्र ‘टुल्की’ ले बुधवार केन्द्रिय चलचित्र जाँच समितिबाट प्रदर्शनको अनुमति पाएको हो ।

सेन्सर बोर्डका पदाधिकारीले हेरेपछि सम्पुर्ण चलचित्र प्रेमी दर्शकहरुले अभिभावका साथ बसेर हेर्न मिल्नेगरी प्रमाण–पत्र दिएको निर्माता शेखर लामाले जानकारी दिए । द पाल्म ग्रुप प्रा.लीको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई देखाइएको लामाले बताए ।

त्यतिमात्र नभई एक ब्रामण बस्तीमा जन्मेकी ‘टुल्की’ ले प्रेम बिवाह गरेर उपल्लो डोल्पा जाँदा सँस्कारको नाममा भोग्नु परेको कहालि लाग्दो पिडालाई चलचित्रमा उतारीएको उनको भनाई छ । चलचित्रमा निर्देशन तथा छायाँङ्कन देवजंग थापाको रहेको छ भने शेखर लामा र आर.पी कर्मचार्यको लगानी रहेको छ ।कथा भने लक्ष्मण सुनारले लेखेकाहुन् ।

चलचित्रमा शिशिर वाङ्देल,स्वस्तिमा कार्की,सोफिया लिम्बु,नरेन्द्र तामाङ्,सोम लामा,शेखर लामा,सौजन सुब्बा,भक्तसिँह कठायत, रत्नप्रसाद न्यौपाने लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

करिव ४ बर्षको अध्ययन पछि निर्माण गरिएको उक्त चलचित्र पहिले विभिन्न देशमा प्रदर्शन गरिसकेपछिमात्र नेपालमा गरिने निर्माण पक्षले जनाएको छ । अन्तराष्ट्रिय चलचित्र महोत्सवमा समेत चलचित्र प्रदर्शन गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया