३५ जना विद्यार्थीलाइशैक्षिक बृत्ति सहयोग

सुर्खेत : सुर्खेतका ३५ जना विद्यार्थीलाई शैक्षिक बृति वितरण गरिएको छ । वीरेन्द्रनगर र बराहताल गाउँपालिकाका वालवालिकालाई शैक्षिक वृति सहयोग वितरण गरेको हो ।

प्रति विद्यार्थी १२ हजारका दरले कुल चारलाख २० हजार शैक्षिक बृति वितरण गरिएको छ । सेभ दचिल्ड्रेनको प्राविधिक सहयोग र समाजजागरण केन्द्र (स्याक) नेपालद्वारा संचालित किशोर किशोरी र युवा सशक्तिकरण परियोजना मार्फत बृति वितरण गरिएको परियोजना संयोजक तेज सोनामले जानकारी दिए ।


कक्षा ९ देखि १२ सम्म अध्यनरत विद्यार्थीको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले वीरेन्द्रनगर नगरपालिका अन्तरर्गत कृष्ण संस्कृत तथा साधारण माध्यामिक विद्यालय, जनसेवा माध्यामिक विद्यालय घुस्रा र बराहताल गाउँपालिकाको भेरी माध्यामिक विद्यालय तरंगा र सरस्वती माध्यामिक विद्यालय चेपाङ्मा किशोर किशोरी र युवा शसक्तिकरण परियोजना लागु गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार