व्यवसायीकार्की छैटौंपटक उत्कृष्ट करदाता घोषित

उदयपुर : उदयपुर कटारीका एक व्यवसायी निरन्तर छैटौं पटक उत्कृष्ट करदाता घोषित भएका छन । आन्तरिक राजस्वकार्यालय लहानबाट सबै भन्दा बढी कर बुझाएर नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालि कटारीका संचालकप्रयास कार्की उत्कृष्ठ करदाताघोषित भएकाहुन ।
कार्कीको कम्पनीले आर्थिक बर्ष ०७६/०७७मा ४६ लाख ४ हजार ४ सय कर तिरेर सबै भन्दा बढी कर तिर्ने व्यवसायीको पहिचानबनाएको करदाता सेवाकार्यालय गाईघाटले जानकारी दिएको छ ।
नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालिले २०७१।०७२ देखि निरन्तर सबै भन्दा बढि कर तिर्न सफलभएको जनाएको छ ।
सेवाकार्यालय गाईघाटले २०७७ माघ १२ गते पेश गरेको आयविवरणमाकार्कीद्धारा संचालित नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालिले ३९ करोड ९६ लाख १६ हजार तिन सय ८३ कारोबार गरेकोमा १ करोड ८४ लाख १७हजार ६ सय एक कर योग्यआय गर्न सफलभएको कर दाता सेवाकार्यालयका सूचनाअधिकारी रेक मगरले जानकारी दिए । जसमध्ये कार्कीले ४६ लाखआयकर तिरेका छन ।
कार्की समूहको हिमशिखर सप्लायर्स त्रियुगानगरपालिका २, हिमगिरी सप्लायर्स कटारी ४ र नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालिछैटौ पटक धेरै आयकर तिर्ने साविक सगरमाथाअंचलकै उत्कृष्ठ फर्मबन्न सफलभएको छ । कार्कीको कम्पनीले आर्थिक बर्ष ०७५।०७६मा २६ लाख ३१ हजार आयकर तिरेर पहिलो बनेको थियो ।
आन्तरिक राजस्वकार्यालय लहानले कर सप्ताहको अन्तिमदिनआज एक कार्याक्रमको आयोजना गरि उत्कृष्ट करदाता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । यस अघि करदाता सेवाकार्यालय उदयपुरबाट बढी कर तिर्नेमा दिप्सा हार्डवेयरका संचालकनविन निरौलाउत्कृष्ठ करदातार उत्कृष्ठकर्मचारीमा करदाता सेवाकार्यालयमाकार्यरत नायवरेक मगरभईसकेका छन ।
करदातालाई छूट, प्रोत्साहनदिनविभिन्ननीति र परियोजना सञ्चालन गरेको पाइन्छ । धेरै कर तिर्ने संस्था, व्यवसाय र व्यक्तिलाई कदर गर्ने परिपाटी अनुसार उत्कृष्ठ करदाता र कर्मचारीको नाम सार्वजनिक गर्ने गरिन्छ ।
२०५४ मङ्सिर १ गते मा मूल्यअभिवृध्दि कर (मूअक) लागू भएको पछि ‘राष्ट्रिय कर दिवस’ २०६७मंसिर १ बाट मनाउदै आएको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार