राजनीति

तत्कालीन मुख्यमन्त्री राईको असक्षमताका कारण प्रदेशको नामकरण हुन सकेन : मन्त्री आङ्बो

सोलुखुम्बु :  प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले तत्कालीन मुख्यमन्त्री शेरधन राईको निर्णय गर्ने क्षमता नभएकाले प्रदेशको नामकरण हुन आरोप लगाएका छन्  ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री आङ्बोले प्रदेशको नामकरण नहुनुमा तत्कालीन मुख्यमन्त्री राईको निर्णय गर्न सक्ने क्षमता कम हुनुका साथै तत्कालीन नेकपाका अध्यक्षको ठाडो हस्तक्षेप रहेको आरोप लगाए । आङ्बो तत्कालीन मुख्यमन्त्री राईको मन्त्रिमण्डलमा पनि आर्थिक मामिला तथा योजनामन्त्री थिए  ।

उनले आगामी हिउँदे अधिवेशनमा सबैलाई आत्मासात् गर्ने प्रकारको नाम राखिने बताए। पहिचानलाई सम्बोधन गर्ने प्रकारको नाम राख्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सहयोग गर्न आग्रह गर्ने समेत बताए ।

मन्त्री आङ्बोले प्रदेशको नामकरण नगरे अर्को चुनावमा जनताले कारबाही गर्ने बताए । ‘प्रदेशको नामांकन नगरी अर्को चुनावमा गएको खण्डमा जनताले कारवाही गर्छन्‚’ मन्त्री आङ्बोले भने, ‘त्यो कारवाही कुनै एक दल र सांसदलाई मात्र नभई सबैलाई हुन्छ । त्यसैले नामकरणका लागि सबैको सहयोगी भूमिका आवश्यक छ ।’

यस्तै‚ मन्त्री आङ्बोले विभिन्न कारणले रोकिएका योजनाहरु चाँडै सुरु हुने बताएका छन्। सम्पन्न हुने बताए । वर्तमान सरकारले अघिल्ला सरकारले गरेको राम्रा कामलाई निरन्तरता दिने बताए ।

तपाईको प्रतिक्रिया