विद्युत विस्तारमा विलम्ब नगर

कर्णाली प्रदेशमा विद्युतको पहुँच न्यून छ । प्रदेश राजधानी सुर्खेतमा सुर्खेतमा ४७, सल्यानमा ५० रुकुम–पश्चिममा ३९, दैलेखमा २६ जाजरकोटमा १४, जुम्लामा पाँच र कालीकोटमा २२ प्रतिशत नागरिकले मात्रै विद्युत सेवा पाएका छन् । कर्णालीका चार जिल्लामा अझै राष्ट्रिय विद्युतको पहुँच पुगेको छैन ।

मुगु, हुम्ला र डोल्पामा राष्ट्रिय विद्युत लाईन पुग्न सकेको छैन । राष्ट्रिय विद्युत प्रसारण नपुगे पनि त्यहाँका केही नागरिकहरु विद्युतको पहुँचमा छन् । डोल्पामा २० मुगुमा १९ र हुम्लामा २८ प्रतिशत नागरिक विद्युतको पहँचमा छन् । लघु जलविद्युत् आयोजना र वैकल्पिक ऊर्जाबाट विद्युत सेवा पु¥याइएको छ । प्रदेशका १८ लाख नागरिकमध्ये ३३ अर्थात पाँच लाख ६१ हजार नागरिक मात्र विद्युतको प्रत्यक्ष पहुँचमा छन् ।

बाँकी १३ लाख अर्थात् ६७ प्रतिशत नागरिक टुकी र दियालोकै भरमा छन् । ति नागरिकहरु अझै टुकी र सौर्य ऊर्जाका भरमा जीवनयापन गर्न बाध्य छन् । प्रदेशमा १८ हजार मेगावाट विद्युत् उत्पादन क्षमता र सम्भावना छ । तर पर्याप्त लगानी नहुँदा यहाँका नागरिक बत्तीमुनि अँध्यारोमा बस्न बाध्य छन् ।

विद्युतको पहुँच पुगेको स्थानमा पनि भरपर्दाे सेवा छैन । चार दशकअधि विस्तार गरिएको कोहलपुर–सुर्खेत ३२ केभीए विद्युतलाई दिनमा सयौं पटक अबरुद्ध हुन्छ । लो–भोल्टेजका सेवाग्राहीले उस्तै हैरानी खेप्नुपर्छ । बर्षाै पहिले विस्तार गरिएका जीर्ण संरचनाले हरेक दिन विद्युत अबरुद्ध हुन्छ । प्रदेश राजधानी सुर्खेतमा समेत विद्युत लाइन जाने र आउने ठेगान छैन । तर विद्युतको पहुँच विस्तार र स्तरोन्नतिमा भने खासै चासो छैन ।


एक बर्षअघिदेखि स्तरोन्नतिको प्रयास थालिएको छ । कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत लाइन विस्तार गर्न थालिएको १४ महिनासम्म पनि आयोजनाको गति सुस्त छ । तर वन तथा वातावरण मन्त्रालयका कारण आयोजनाले गति लिन सकेको छैन । आयोजना क्षेत्रका १३ हजार ५६ वटा रूख काट्नुपर्छ । तर मन्त्रालयले रुख काट्न अनुमति नदिएपछि आयोजनाले गति लिन सकेको छैन । रुख काट्न अनुमति नपाएकै कारण तोकिएको समयमा आयोजना सम्पन्न हुनेमा आशंका छ ।

यदि तोकिएको समयमा आयोजना सम्पन्न नभएको त्यसको प्रत्यक्ष असर कर्णालीवासीलाई पर्दछ । विद्युत अभावका कारण विकासले गति लिन सक्दैन । ठूला आयोजनाहरु सञ्चालन गर्न सकिदैनन् । कर्णालीको विकास र समृद्धिको लागि विद्युत विस्तार र स्तरोन्नति अनिवार्य छ । तसर्थ कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत लाइन विस्तारका तत्काल रुख काट्ने अनुमनि दिलाउन प्रदेश सरकार र केन्द्र सरकारले समन्वय गर ।

कर्णालीको विकासमा हातेमालो गर । तर यो वा त्यो नाममा विद्युत विस्तारमा विलम्ब नगर । १३२ केभीए विद्युत आयोजनालाई तीब्र गतिमा अगाडि बढाऊ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार