दुःखदेखि नहार्ने खड्क

असफलता पीडादायी क्षण हो । दुःख, कष्ट, अभाव र असफलता जीवनका नमिठा पलहरु हुन् । कुनै समय यस्तै असफलता भोगे खड्कबहादुर परियारले पनि । उनी पढाईमा सानैदेखि अब्ब थिए । तर निजामति क्षेत्रमा प्रवेशका लागि लोकसेवा आयोगको ढोका असहज भइदियो । हाल प्रदेश लोकसेवा आयोगमा कार्यरत उनले निजामति क्षेत्रमा प्रवेश गर्न धेरै पटक प्रयासहरु गर्नुप¥यो । खरिदार र नायव सुब्बामागरी चार पटक अन्तिम परीक्षा (मौखिक)मा असफल भए । तर हिम्मत हारेनन् । बरु आयोगको तयारीका लागि शिक्षकको जागिर नै छोडिदिए । निरन्तरको प्रयासपछि अन्नतः २०७३ सालमा निजामतिमा प्रवेश गरे । प्रस्तुत छ, उनै खड्कको जीवनभोगाई र निजामति क्षेत्रको अनुभवमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश :

शनिबारको डिउटी बाख्रा गोठाला
बुवा सहविर र आमा पानसरीबाट २०४७ साल फागुन १८ गते खडकको जन्म भएको हो । जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं। ९ सकिया उनको जन्मभूमि हो । भौगालिक रुपमा विकट सकिया गाउँ दलिय समुदायको बस्ती हो । त्यही गाउँमा हाँस्दै–खेल्दै उनको बाल्यकाल वित्यो । ‘सानोमा दुःख, कष्ट थिएन’ उनी भन्छन्, ‘आर्थिक अभाव अनुभव नै भएन, घरको काम दिदीहरुले गरिहाल्नुहुन्थ्या ।’ यद्यपी स्कूल विदाको समय र शनिबारको दिन भने बाख्रा गोठाला उनको डिउटी हुन्थ्यो । ‘३०÷३५ वटा बाख्रा पालेका थियौँ, स्कूल विदाहुँदासधै बाख्रा गोठालो जान्थे’ उनी भन्छन्, ‘बाख्रा गोठाल शनिबारको त डिउटी थियो ।’ मध्यम परिवारभित्र हुर्किएका उनले बाल्यकालमा आर्थिक अभावको महसुस गर्नु परेन् ।
३० हजार नभएपछि…..
पढाईमा निकै रुचि राख्ने खड्क माध्यमिक तहमा अब्बल विद्यार्थी थिए । ‘कक्षा १ देखि १० सम्म सधै प्रथम हुन्थे’ उनी भन्छन्, ‘पढाई राम्रो भएकै कारण घरको काम गर्नु पर्थेन् ।’ उनले गाउँकै आदर्श प्राथमिक विद्यालयमा कखरोदेखि कक्षा ३ सम्म अध्ययन गरे । गाउँ नजिकैको पञ्चला माध्यमिक विद्यालय पढाईलाई निरन्तरता दिए । त्यहाँ कक्षा ४ देखि ७ सम्म अध्ययन गरे । आदर्श माध्यमिक विद्यालय लुहादलमा कक्षा ८ मा अध्ययन गरे । लुहादहमा उबेला पनि कक्षा दशसम्म अध्ययन हुन्थ्यो । तर ओपीटी म्याथ अर्थात ऐच्छिक गणित विषय पढाई हुन्थेन् । यही कारण खड्कले अर्को विद्यालय फेर्नु प¥यो । ऐच्छिक गणित विषय पढ्नका शिवपुर माध्यमिक विद्यालय खर्गाकोटमा पुगे । त्यही विद्यालयबाट कक्षा ९ र १० को पढाई पुरा गरे । २०६१ प्रथम श्रेणीमा एसएलसी उत्र्तिण भएपछि उच्च शिक्षा पढ्नका लागि सुर्खेत झरे । विज्ञान विषय अध्ययन गर्ने उद्देश्य सुर्खेत झरे । तर ३० हजार रुपैयाँ नभएकै कारण विज्ञान विषय पढ्न पाएनन् । ‘विज्ञान विषय पढ्छु भनेर जनउच्च माध्यमिक विद्यालयमा प्रवेश परीक्षा दिए’ उनी भन्छन्, ‘३० हजार रुपैयाँ नभएपछि रोजेको विषय पढ्न पाइन् ।’ सुर्खेत क्याम्पस शिक्षामा अंग्रेजी र गणित विषयमा लिएर प्रविनता प्रमाणपत्र तह ९प्लसटु० पढे । भेरी ज्ञानोदय क्याम्पस जाजरकोटबाट स्नातक गरेका उनी स्नाकोत्तरमा अध्ययनरत छन् ।
पढाईससँगै माध्यमिक तहमा उनी भलिबल खेलमा विशेष रुचि राख्थे । उ बेला भलिबलमा खेलाडी अब्बल थिए । धेरै भलिबल प्रतियोगितामा भाग लिए । अधिकांश खेलमा विजय प्राप्त गरे । साविक चुनीजाँदे, गर्खाकोट र मजकोट गाविसमा उनी अब्बल भलिबल खेलाडीमा गनिन्थे । भलिबल खेलमा उनी फ्रष्टसर्टर भएर खेल्थे । तर भलिबल खेलकै कारण हातमा समस्या देखिएपछि उनले सधैका लागि भलिबल खेल्न छोडिदिए ।
अनि शिक्षक पेशा छोडे
उच्च शिक्षा अध्ययनका क्रममा खड्क आर्थिक अभावमा गुज्रिए । उमेरसँगै पारिवारिक जिम्मेवारी थपियो । आर्थिक अभावका कारण पढाईलाई निरन्तरता दिन नसक्ने भएपछि गाउँ फर्किए । अंग्रेजी र गणित विषय अध्ययन गरेका उनलाई गाउँमै रोजगारीको अवसर मिल्यो । आफू पढेकै पञ्चला माध्यमिक विद्यालयमा शिक्षक बन्ने अवसर पाए । सोही विद्यालयमा २०६५ देखि २०७० सम्म शिक्षण गरे । तर शिक्षण पेशाबाट सन्तुष्ट भएनन् । निजामति र शिक्षक पेशामा विभेदलाई पाए । विद्यालयको प्राधानाध्यापक भन्दा नासु खरिदारको जीवनस्तर राम्रो देखे । त्यसपछि बृद्धि विकास र अवसरको खोजी लागि शिक्षण पेशा छोडिदिए । ‘शिक्षक गाउँ–घरमा राम्रै मान–सम्मान हुन्छ तर सेवा सुविधामा अहिले पनि विभेद छ’ उनी भन्छन्, ‘सायद, निजामित सरहकै सेवा सुविधा हुन्थ्यो अहिले पनि म शिक्षक नै हुन्थे ।’
लोकसेवामा हन्डरै–हन्डर
लोकसेवा आयोगले २०६८ सालतिर गणित र विज्ञान विषयबाट प्रश्नहरु सोध्न सुरु ग¥यो । विज्ञान र गणित विषयमा अब्बल उनलाई साथीहरुले निजामतिको तयारी गर्न सुझाव दिए । समावेशीबाट निजामतिमा प्रवेश गर्न उनलाई सहज पनि थियो । जसका लागि शिक्षकको जागिर छोडिदिए । तर निजामतिमा प्रवेश गर्न सहज भएन् । धेरै पटक हन्डर ठक्कर खानु प¥यो । पढाइमा अब्बल हुँदाहुँदै चार पटक अन्तिम परीक्षा अर्थात अन्तरवार्तामा असफल भोगे । यथापी हिम्मत हारेनन् । अन्नतः निरन्तरको प्रयासपछि २०७३ सालमा सहलेखापाल पदबाट निजमति क्षेत्रमा प्रवेश पाए । जाजरकोटकै सिंचाई विकास डिभिजनबाट निजामति जीवनको पहिलो कार्यथलो बन्यो । २०७५ सालमा नायव सुब्बामा सफल भएपछि रुकुमपश्चिमको बाँफाकोट गाउँपालिकामा पुगे । करिव चार महिनापछि सुर्खेत भेरीगंगा नगरपालिका सरुवा भए । कर्मचारी समायोजनसँगै कर्णाली प्रदेशसभा सचिवालयमा पुगे । २०७७ बैशाखदेखि प्रदेश लोकसेवा आयोग सुर्खेतमा नायव सुब्बाको रुपमा कार्यरत छन् । यो क्षेत्रमा प्रवेश गरेको धेरै समय भएको छैन । तर केही सहकर्मीहरुले दिएका तिता अनुभवहरु छन् । निजामति क्षेत्रमा रहदासम्म निश्पक्ष रुपले नागरिको सेवा गर्ने दृढ संकल्प छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार