‘संघर्षबाटै जीवनलाई सहज बनाउन सकिन्छ’

हुकुमकुमारी खड्का एजेन्सी म्यानेजर, रिलायन्स लाइफ इन्सोरेन्स कम्पनी, सुर्खेत

संघर्ष नगरी सफलता मिल्दैन । तर संघर्ष गर्नका लागि पनि उपयुक्त समय र स्थान चाहिन्छ । सबैले जीवनमा चाहेको लक्ष्य भेटाउन सक्दैनन् । आर्थिक अभाव, पारिवारिक असहयोग र आफ्नै लापरबाहीले पनि जीवनमा धेरै मानिसहरु असफल बन्छन् । तर जसले दुख र मेहनत गर्छन्, उनीहरुले बाल्यकालको रहर पूरा नगरे पनि जीवनमा सफलता भने प्राप्त गर्दछन् । आफ्नो जीवनमात्र होइन, अरुको जीवनलाई सुरक्षित बनाउनसमेत धेरै मानिसहरुले काम गरिरहेका हुन्छन् । यस्तै मध्येकी एक हुन् वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ निवासी हुकुमकुमारी खड्का । जो आज निरन्तरको मेहनतबाट रिलायन्स लाइफ इन्सोरेन्स कम्पनीको सुर्खेत शाखामा एजेन्सी म्यानेजर बन्न सफल भएकी छन् । आजको जम्काभेटमा उनै खड्कासँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश  :

रमाइलो बाल्यकाल

बुवा पालासिंह खड्का र आमा कमला खड्काको कोखबाट २०४७ साल कात्तिक २५ गते गुराँस गाउँपालिका वडा नम्बर ८ दैलेखमा हुकुमकुमारी खड् काको जन्मभयो । उनी घरको माइली छोरी हुन् । गुराँसमा जन्मिए पनि उनको बाल्यकाल वीरेन्द्रनगर १६ लेहडामा वित्यो । उनको बाल्यकाल सामान्य थियो ।

उनको बुवाले कृषि कर्म गर्थे । उनले सामुदायिक वनकोसमेत रेखदेख गर्ने गर्थे । उनको घरमा खान र लगाउन दुख दिएन । मध्यम खालको परिवारमा जन्मिएकी उनले सानैदेखि जुनसुकै काम गर्दा पनि धेरै सोचेर गर्थिन् । उनले सानो कक्षा गाउँकै सरस्वती प्राथमिक विद्यालय लेहेडा सुर्खेतमा कक्षा ५ सम्म पढिन् ।

६ कक्षादेखि आदर्श मावि मेहेलीमा पढेकी उनले त्यही विद्यालयबाट २०७० सालमा एसएलसी पास गरिन् । उनले प्लसटु पनि त्यही विद्यालयबाट २०७२ सालमा गरिन् । उनले साँझ र बिहान घरमा घाँसदाउरा गर्थिन् । विदाको दिनमा उनी गाईभैसी गोठालोसमेत जाने गर्थिन् । सानोमा विद्यालय जाँदा र आउँदा बाटोमा साथीहरुसँग डण्डीबियो, कपर्दी लगायतका खेलहरुसमेत खेल्ने गर्थिन् ।

विहेपछि रोकियो पढाइ

उनले कक्षा ९ मा पढ्दै गर्दा परिवारले बिवाह गरिदिए । विवाहपछि उनले प्लसटु सम्म पास गरिन् । अनि छोराछोरी जन्मिए, घरको जिम्मेवारी समेत बढेपछि उनको पढाइमा ब्रेक लाग्यो । उनका श्रीमान् अम्मरप्रसाद रिमालले उनको पढाइमा धेरै सहयोग गरेका थिए । रोकिएको पढाइलाई निरन्तरता दिने सोच हुकुमकुमारीको थियो ।

उनका श्रीमान्ले अहिले पनि पढाइलाई निरन्तरता दिनुपर्छ भन्ने गर्छन् । घरको सबै जिम्मेवारी पुरा गर्नुपर्ने, छोराछोरी स्याहार गर्नुपर्ने लगायतका कारण उनले पढाइलाई रोक्नु परे पनि उनले समाजमा केही गर्नुपर्छ भन्ने आफ्नो लक्ष्य भने कहिल्यै छोडेकी छैनन् ।

कलाकार बन्ने रहर

उनले सानैदेखि सबै काम गर्न जानेकी थिइन् । उनको लक्ष्य भनेको कलाकार बन्ने थियो । विद्यालयमा पढ् दा पनि विभिन्न सांस्कृतिक कार्यक्रममा उनले गाउने र नाच्नेमा भाग लिन्थिन् ।

उनी जहिले पनि त्यस्ता प्रतियोगितामा प्रथम स्थान हासिल गर्थिन् । उनका गाउँमा र गुरुहरुले पनि भविश्यमा कलाकार बन्न सक्छौ भनेर उनलाई प्रेरणा दिन्थे । अनि उनको घरको आर्थिक अवस्था सवल र वातावरण पनि नहुँदा उनले बोकेको लक्ष्य पुरा हुन सकेन । अहिले पनि उनले कलाकारिता क्षेत्रलाई धेरै माया गर्छिन् ।


कलाकारिता बन्ने लक्ष्य पुरा नभए पनि आफ्ना छोराछोरीलाई भए पनि कलाकारितामा लगाउने उनले सोच बनाएकी छन् ।

बीमा कम्पनी प्रवेश

उनी रिलायन्स इन्सोरेन्समा एजेन्टको रुपमा काम गर्न थालिन् । उनले बीमा कम्पनीमा लाग्नुपर्छ भन्ने सोच बनाएकी थिइन् । उनका श्रीमान्ले पनि बीमा कम्पनीमा काम गर्नुपर्छ भनेर पहिलेदेखि नै भनिरहेका थिए ।

त्यसपछि उनी चारबर्ष अगाडी बीमामा काम गर्न थालिन् । विवाहपछि उनको आम्दानी स्रोत केही थिएन । उनी काम गर्न थालेपछि भने आर्थिक रुपमा आत्मनिर्भरसँगै छोराछोरीलाई पनि पढाउन सहज भयो । उनको घरको जिम्मेवारी धेरै थियो । घरको आर्थिक जोहो गरेर छोराछोरी पढाउनुपर्ने थियो । दुबै जनाको आम्दानीको स्रोत केही थिएन । उनले बीमा कम्पनीमा राम्रो काम गर्न थालेपछि एजेन्सी म्यानेजर भइन् ।

उनलाई सुरुवातमा बीमा सम्बन्धी केही जानकारी थिएन । उनले आफ्नै आफन्तको मृत्युको घटना देखिन् । अनि उनलाई बीमा अनिवार्य जस्तो लाग्यो । अहिले उनीमार्फत धेरैले बीमा गर्न थालेका छन् । उनी भन्छिन्, जीवनमा संघर्ष धेरै गर्नुपर्छ । तर संघर्षबाट प्राप्त फललाई सुरक्षित बनाउन बीमा गराउन आवश्यक छ ।

जीवनमा संघष

सानैदेखि संघर्ष गर्दै आएकी उनले संघर्ष नगरी सफलता मिल्दैन । तर संघर्ष गर्नका लागि पनि उपयुक्त समय र स्थान चाहिन्छ । सबैले जीवनमा चाहेको लक्ष्य भेटाउन सक्दैनन् । आर्थिक अभाव, पारिवारिक असहयोग र आफ्नै लापरबाहीले पनि जीवनमा धेरै मानिसहरु असफल बन्छन् ।

तर जसले दुख र मेहनत गर्छन्, उनीहरुले बाल्यकालको रहर पूरा नगरे पनि जीवनमा सफलता भने प्राप्त गर्दछन् । आफ्नो जीवनमात्र होइन, अरुको जीवनलाई सुरक्षित बनाउनसमेत धेरै मानिसहरुले काम गरिरहेका हुन्छन् । यस्तै मध्येकी एक हुन् वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ निवासी हुकुमकुमारी खड्का ।

जो आज निरन्तरको मेहनतबाट रिलायन्स लाइफ इन्सोरेन्स कम्पनीको सुर्खेत शाखामा एजेन्सी म्यानेजर बन्न सफल भएकी छन् । आजको जम्काभेटमा उनै खड्कासँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश ः हुकुमकुमारी खड्का एजेन्सी म्यानेजर, रिलायन्स लाइफ इन्सोरेन्स कम्पनी, सुर्खेत जुनसुकै काम गर्दा पनि मेहेनत गर्थिन् ।

बिवाहपछि पनि उनको आर्थिक अवस्था सामान्य नै थियो । घरको जिम्मेवारी पनि थपिदै गयो । छोराछोरी हुर्काउनु, पढाउनुपर्ने, घरको आर्थिक जोहो गर्नका लागि पनि संघर्ष गर्नुपर्यो । उनका श्रीमान्को पनि जागिर केही थिएन । अनि उनीहरुले धेरै संघर्ष गर्नुपर्यो ।

नले केही बर्ष ठेलामा फलफुल समेत बेच्ने काम गरिन् । उनका श्रीमान् पनि रोजगारीमा लागे । उनी पनि बीमा कम्पनीमा काम गर्न थालेपछि जीवनमा सहजता आउँदै गयो । अहिले दुबैजना रोजगारीमा छन् ।

राम्रै आम्दानी गर्न थाले । अहिले उनीहरुलाई छोराछोरी पढाउन लगायतका घरको आर्थिक अवस्थामा राम्रो छ । अहिले पनि उनी धेरै मेहनत गर्छिन् । उनका श्रीमान्ले सधै साथ दिन्छन् । संघर्षबाट नै जीवनलाई सहज बनाउन सकिने उनी बताउँछिन् ।
भावी योजना
रिलायन्स लाइफ इन्सोरेन्समा धेरैभन्दा धेरै मानिसहरुलाई बीमा गर्न प्रेरित गर्ने र उनीहरुको जीवनलाई सुरक्षित बनाउने योजना रहेको उनी बताउँछिन् । साथै आफ्नो लक्ष्य अनुसार बीमा कम्पनीको एमडिआरटी बन्नेछ । आफुले सानोमा राखेको लक्ष्यमा छोराछोरीलाई पढाएर पुर्याउने योजना बनाएकी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार