साहित्यकार जीवन श्रेष्ठलाई व्यथित सिन्धु(प्रतिभा सम्मान

काठमाडौं : नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष एवम् साहित्यकार जीवन श्रेष्ठलाई व्यथित सिन्धु(प्रतिभा सम्मान २०७८ द्वारा सम्मानित गरिएको छ  । शनिबार काठमाडौंको साहित्य सदन नेपालको सभाहलमा भएको कार्यक्रममा श्रेष्ठलाई सो सम्मान प्रदान गरिएको हो।

साहित्य सदन नेपाल र व्यथित(सिन्धु प्रतिभा सम्मान कोषद्वारा आयोजित सम्मान अर्पण कार्यक्रममा श्रेष्ठसहित नरेन्द्रराज पौडेलसमेत सम्मानित भएका हुन् ।

साहित्यकार स्व. केदारमान व्‍यथितको स्मृतिमा आयोजित गरिएको हो । व्यथित ९सिन्धु प्रतिभा सम्मान कोषले बर्सेनि श्रष्ठा सम्मान गर्दै आएको छ ।


नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षसमेत रहेका श्रेष्ठ जिल्लामा रहेर लामो समयदेखि साहित्य सिर्जना र पत्रकारितामा सक्रिय छन् । श्रेष्ठलाई नगद १० हजार रुपैयाँ र सम्मान पत्रसहित सम्मान गरिएको कोषका अध्यक्ष कृष्णप्रसाद सुवेदीले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार