सहकारीबाटै गरिबी घटाएर आत्मनिर्भर बनाउने योजना

 विन्दु चौधरी अध्यक्ष,

जनमुखि कृषि तथा पशुपालन सहकारी संस्था, वीरेन्द्रनगर

बाल्यकारमा हरेक मानिसका आफ्नै रहर र इच्छाहरु हुन्छन् । तर विस्तारै मानिसले ति रहर र इच्छाहरुलाई प्राप्त गर्न नसक्ने अवस्था पनि आउन सक्छ । अधिकांशले बाल्यकालका सपना पूरा गर्न सक्दैनन् । जसले जीवनमा मेहनत र निरन्तरता दिन्छन्, उनीहरुले मात्र लक्ष्य भेटाउन सक्छन् । आर्थिक अवस्थाका कारण पनि धेरैले पढ्दै र काम गर्दै अगाडि बढ्नुपर्ने हुन्छ । यस्तै मध्येकी एक हुन् वीरेन्द्रनगर नगरपालिका वडा नं १० निवासी विन्दु चौधरी । जो आज निरन्तरको मेहनतबाट सहकारी संस्थाको अध्यक्ष बन्न सफल भएकी छन् । आजको जम्काभेटमा उनै चौधरीसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश  :

सामान्य बाल्यकाल

बुवा घ्युलाल चौधरी र आमा रुपनी चौधरीको कोखबाट २०२६ साल भदौ २० गते वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० बुदबुदीमा विन्दु चौधरीको जन्म भएको हो । उनी घरको कान्छी छोरी हुन् । उनका तीन भाइबहिनी छन् । उनको बाल्यकाल सामान्य वित्यो । उनको बुवाले कृषि कर्म गर्थे । घरमा खान र लगाउन दुख थिएन ।

किनकी घरमा धानगहुँ लगायतका अन्न उत्पादन धेरै हुने गथ्र्यो । मध्यम खालको परिवारमा जन्मिएकी उनी सानैदेखि गम्भिर र कम बोल्ने स्वभावकी थिइन् । सानोमा घरको कामसँगै साथीहरुसँग खेल्ने, रमाइलो गर्नेसमेत गर्थिन् ।

उनी बाल्यकाल सम्झदै भन्छिन, ‘त्यतीबेला धेरै रमाइलो थियो, साथीहरुसँग मिलेर लुकामारी खेलिन्थ्यो ।’ घरको काम गनुपर्ने हुँदा सानैदेखि दुख पनि उनले गरेकी थिइन् ।

औपचारिक शिक्षा लिन पाइनन्

उनले औपचारिक शिक्षा लिन पाइनन् । उनको पालामा छोरीहरुलाई पढाउनुपर्छ भन्ने थिएन । त्यतीबेला प्रायः पुरुषहरुलेसमेत पढाइमा चासो राख्थेनन् । पढाउनभन्दा पनि घरको काममा लगाइन्थ्यो । तर उनले पढ्न नपाए पनि समाजको हरेक क्षेत्रको चासो राख्ने गर्थिन् ।

गाउँका मानिसहरु उनका कुरा सुनेर सबै कसरी जानेको होला ? भनेर समेत जिज्ञासा राख्ने गर्थे । विन्दुले औपचारिक शिक्षा लिन नपाए पनि व्यवहारिक ज्ञान भने धेरै राख्ने गर्थिन् । गाउँमा नपढेका मानिसहरुको लागि प्रौढ शिक्षाको शुरुवात भयो । उनी पनि त्यो शिक्षा लिनुपर्ने भन्दै पढ्न गइन् ।

६ महिनासम्म चलेको त्यो कक्षामा उनी पहिलो भएकी थिइन् । एक महिनामै उनी अक्षर चिन्न सक्ने भइन् । त्यसपछि उनले प्रौढ शिक्षाबाट धेरै कुरा सिक्ने मौकासमेत पाएकी थिइन् । जब गाउँमा संचालन गरिएको प्रौढ शिक्षा सकियो । उनले आफ्नो पढाइप्रतिको लगाव छोडिनन् । उनले गाउँमा जानेको व्यक्तिहरुसँग कितावको ज्ञान लिइन् ।

उनको हातमा आधिकारिक शैक्षिक प्रमाणपत्र नभए पनि सबै कुराको ज्ञान राखेकी छन् । उनले अहिले अंग्रेजी समेत बोल्न र लेख्न सक्छिन् ।

इभर बन्ने रहर अधुर

उनले समाजको हरेक कुरा बुझेकी र जानेकी थिइन् । उनले आफु ड्राइभर भएर आत्मनिर्भर हुने सोच बनाएकी थिइन् । तर परिवारको असहमतिपछि विन्दुले सिलाइ बुनाईको तालिम लिने योजना बनाइन् । अनि उनी सिलाइ बुनाइको तालिम लिन थालिन् ।


त्यतीबेला नेपाल परिवार नियोजन संघले सिलाइ बुनाईको तालिम दिइरहेको थियो । उनी त्यही तालिममा आवद्ध भइन् । अनि उनले आफ्नै चौधरी समुदायको परम्परागत कपडा सिलाउने र बुन्ने काम गरिन् । सीप सिक्न बाहिर जाँदा गाउँमा कुरा काट्ने गर्थे । नकारात्मक सोचले अरु मानिसहरुले हेर्ने गर्थे ।

तर त्यसको प्रवाह नगरी उनी सीप सिकेर उद्यमी बनिन् । अनि आफ्नै गाउँमा कपडा सिलाउने र बुन्ने काम गर्न थालेपछि गलत सोच राख्ने अन्य मानिसहरु उनीप्रति सहमत भए । उनको कामको प्रसंशा गर्न थाले ।

त्यतीबेला उनलाई जीवनकै सबैभन्दा आनन्द महसुश भयो । अनि उनले आफुमात्र उद्यमी हैन, गाउँका अन्य महिलाहरुलाई पनि उद्यमी बनाइन् । अहिले उनी सामाजिक काममा व्यस्त हुन्छिन् । उनले सिकाएका केही महिलाहरु उद्यमी भएर आत्मनिर्भरु भएका छन् ।

अनि सहकारीको खुल्यो

उनका दाई विनोद गिरीले सहकारी खोलेर कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने प्रस्ताव ल्याए । विन्दुले बाहिर विभिन्न सीप सिक्न जाँदै गर्दा मानिसहरु आत्मनिर्भर नभएसम्म समाजको विकास हुँदैन भन्ने कुरामा जानकार थिइन् ।

सहकारीको बारेमा भने उनलाई धेरै जानकारी थिएन । अनि उनले सहकारी खोलेर आत्मनिर्भर बन्न र बनाउन सकिने कुरामा विश्वास मानेकी थिइनन् । तैपनि सहकारी खोल्ने सन्दर्भमा भने उनी सकारात्मक थिइन् । अनि चौधरी समुदायका थोरै व्यक्ती र अन्य समुदायका धेरै व्यक्तीहरु मिलेर सहकारी खोल्ने निर्णयमा उनीहरु पुगे ।

२०६९ सालमा जनमुखि कृषि तथा पशुपालन सहरकारी संस्था दर्ता गरे । १०२ जना शेयर सदस्यबाट शुरु भएको सहकारीको उनी संस्थापक सदस्य बनिन् । शुरुमा त उनी आफैलाईसमेत विश्वास थिएन की सहकारीबाट समाज रुपान्तरण गर्न सकिन्छ भनेर । तर विस्तारै काम गर्दै जाँदा सहकारीका शेयर सदस्य पनि बढ्दै गए ।

कृषि र पशुपालन सम्बनधीका विभिन्न आयाआर्जनमुलक काम पनि हुँदै गए । अनि सहकारी सम्बन्धीका विभिन्न तालिमहरु समेत लिर्एपछि उनी सहकारीको बारेमा जानकार भइन् । उनी त्यही सहकारीको उपाध्यक्ष भइन् । उपाध्यक्ष हुँदा उनले सहकारीमा धेरै काम गरेपछि हाल उनलाई सहकारीको अध्यक्षको जिम्मेवारी दिइएको छ ।

जीवनमा संघष

उनले जुनसुकै काम गर्न पनि धेरै दुख गर्नुपर्यो । किनकी उनले धेरै कुरा पढ्न पाएकी थिइनन् । अरु बाठाटाँठासँग प्रतिस्पर्धा गर्नुपथ्र्यो । अरुले विद्यालय शिक्षा लिएर जानेका थिए भने उनले आफ्नो जीवनको भोगाइबाट शिक्षा लिइन् ।

हरेक क्षेत्रको चासो लिने उनी बाहिर गएर विभिन्न तालिम र सीप सिक्ने बेला गाउँका मानिसहरुले गलत सोच्थे । ति सबै कुरालाई वास्ता नगरी उनले संघर्ष गरी रहिन् । घरको काम पनि उनले गर्नुपथ्र्यो । जब उनी सबै कुरा जान्ने र बुझ्ने बनिन्, त्यतीबेलासम्म उनले धेरै मेहेनत गर्नुपर्यो । समाज उनीप्रति सकारात्मक बन्यो ।

अनि उनले विभिन्न सामाजिक कामसमेत गर्न थालिन् । गाउँमा हुने विभिन्न झैझगडामा समेत उनलाई बोलाउन थालियो । यही भएर होला उनले केहीबर्ष मेलमिलापकर्ता भएर समेत काम गरिन् । विभिन्न समुहहरुमा समेत आवद्ध भइन् । उनलाई सबैले विश्वास गर्न थालेपछि अहिले सहकारीको अध्यक्ष भएर नेतृत्व गरेर अगाडी बढिरहेकी छन् ।

उनको बिचारमा काम गर्ने सिलसिलामा विभिन्न बाधा र अवरोधहरु आउने गर्छन् । ती बाधा अवरोधहरुलाई पन्छाउँदै अगाडी बढेको खण्डमा सफलता प्राप्त हुन्छ । सहकारीमार्फत समुदायमा रहेको गरिबी कम गर्दै आत्मनिर्भर बनाउने उनको योजना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार