परिवार त्यागेर बेपत्ता, भेटिँदा दोस्रो विवाह

सल्यान, २९ माघ । सल्यानबाट हराएका भनिएका अधिकांश महिलाहरू दोस्रो विवाह गरी बसेको अवस्थामा फेला परेका छन् । जिल्लाका प्रहरी प्रमुख गोविन्द थापाका अनुसार हराएका अधिकांश महिलाले दोस्रो विवाह गर्ने गरेको पाइएको हो । उनले भने, ‘घर–परिवारले हराएको खबर गर्छन् । खोजबिन गर्दै जाँदा अर्कैसँग विवाह गरेर बसेको पाइएको छ ।’ सल्यानमा चालू आर्थिक वर्ष २०७७÷०७८ को पहिलो ६ महिनामा ६२ महिला, पुरुष तथा बालबालिका हराएका छन् । हराएकामध्ये अझै २० जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।   

जिल्लामा हराएकामध्ये अधिकांश महिला छन् । कार्यालयका अनुसार साउनदेखि माघ २० गतेसम्म ३३ महिला हराएका छन्, जसमध्ये २४ सम्पर्कमा आएका छन् भने ९ महिला अझै फेला परेका छैनन्। यस्तै, १७ पुरुष हराएकोमा १० फेला परेका छन् भने ७ सम्पर्कविहीन रहेका प्रहरी प्रमुख थापाले बताए । परिवारले हराएको जानकारी दिने, तर सम्पर्कमा आएपछि फेला परेको जानकारी नदिँदा समस्या परेको उनको भनाई छ । परिवारले फेला परेको जानकारी नदिएपछि प्रहरी आफैले घरपरिवारसँग नियमित सम्पर्क गर्ने गरेको थापाले बताए ।

परिवार त्यागेर बेपत्ता, भेटिँदा दोस्रो विवाह

हिंसाविरुद्ध प्रतिकार गर्न सिक्दै किशोरी

परिवार त्यागेर बेपत्ता, भेटिँदा दोस्रो विवाह

पर्यटन गुरुयोजना तयार पार्दै नाम्खा गाउँपालिका

Leave a comment

Your email address will not be published. Required fields are marked *