कर्णालीको विकासका आधार

कर्णालीको परिचय कर्णाली प्रदेशलाई भाषा, सभ्यता र संस्कृतिकारुपमा नेपालकै पुरानो थलो मानिन्छ । इतिहासको दृष्टिबाट हेर्दा यो प्रदेश खस साम्राज्यको विरासद नै हो भन्न सकिन्छ । भूगोलका दृष्टिले यो प्रदेशलाई कर्णाली नदी र यसका शाखाहरुको उपस्थितिले सिंचाई र जलविद्युतको भण्डारको रुपमा समेटेको छ ।

आर्थिक, धार्मिक र सांस्कृतिक दृष्टिले उत्तर र दक्षिण व्यापार तथा सांस्कृतिक मार्गका रुपमा कर्णाली प्रदेश भएर मानसरोवर एवम् मध्य एशिया पुग्ने प्राचीन कर्णाली सिल्क रोडलाई प्रतिनिधित्व गर्दछ । यसमा रहेका मन्दिर, विहार, पत्थरनाउली, ज्वाला र पञ्चकोशी धामहरु, मालिकाहरु, ऐतिहासिक गुम्बाहरु, किर्तिखम्ब र पञ्चदेवल, सिंजा र दुल्लु जस्ता गृष्मकालीन र शीतकालीन ऐतिहासिक डोवहरुले कर्णाली प्रदेशको सभ्यता र इतिहासको बैभवतालाई पुष्टि गर्दछन् ।

कर्णाली प्रदेशमा चुनौतिका साथसाथै, अथाह सम्भावनाहरु समेत रहेका छन् । कर्णाली प्रदेशसँग देशको कुल भू–भागको २०.५३ प्रतिशत भूभाग रहेको छ भने जनसंख्याको हिसाबले केवल ५.९ प्रतिशत मात्र रहेको छ । यहाँ रहेका हिमाल, पहाड, लेकाली घाँसे मैदान, वनजंगल, कृषि भूमि, नदी, तालतलैया आदिले विशिष्ट उत्पादन तथा औषधिजन्य उत्पादनको सम्भावना रहेको छ ।

तर, भाषा र साहित्यको हिसाबले कर्णाली प्रदेशलाई केन्द्र नै मानिन्छ । तथापी, अहिले पनि करिव ४१ प्रतिशत जनसंख्या अझै निरक्षर छन् । नेपालको निरक्षरता दर घटेर करिव १० प्रतिशतको हाराहारी पुगेको समयमा कर्णालीमा रहेको यो निरक्षरताको अंश निकै ठूलो हो ।

गुणस्तरीय र प्राविधिक शैक्षिक संरचनाहरु निर्माण गने उच्च संभावना रहेको प्रदेश हो । सार्वजनिक शिक्षा लगानी अनुरुप सुधार हुन अझै सकेको छैन। विद्यालय भर्नादरमा सुधार हुँदै गएतापनि बीचैमा पढाई छाड्ने प्रवृत्ति अझै उच्च नै रहेको छ । शिक्षाको अवस्थामा सुधार ल्याउन राज्यले जनसमुदायहरुको चेतना अभिवृद्धि गर्नु आवश्यक छ ।

UNDP Report 2014 and
NRB, 2018 -अनुसार  कर्णाली प्रदेशको मानव विकास सुचकाङ्क ०.४११ रहेको छ । नेपालका अन्य प्रदेशको तुलनामा यो साताँै (अन्तिम) नम्बरमा परेको छ । २०१८ मा नेपालको अनुमानित औषत प्रतिव्यक्ति आय १२ सय डलर रहेको अवस्थामा कर्णालीको प्रतिव्यक्ति आय भने ८०६ डलर अनुमान गरिएको छ । कर्णाली प्रदेशको आधा भन्दा बढी जनसंख्या (५१.२२ प्रतिशत) बहुआयामिक गरिबीमा रहेका छन् भने निरपेक्ष गरिबको रेखामुनि रहेको जनसंख्या ३६.५० रहेको छ । प्राकृतिक स्रोत साधनको प्रचुर संभावनाहरु रहेतापनि ती स्रोतहरुको प्रभावकारी उपयोग हुन नसक्दा यो क्षेत्रको विकासको स्थिति न्यून हुन गएको छ । त्यसैले यहाँ अर्थतन्त्रका विभिन्न क्षेत्रको तीब्र विकास आवश्यक छ ।

यस प्रदेशमा करिव १८ हजार मेगावाट जलविद्युतको सम्भावना रहेको तथ्याङ्कले देखाएतापनि केवल ३.७५ मेगावाट मात्र उत्पादन भएको अवस्था रहेको छ । मानसरोवर मार्ग, रारा, फोक्सुण्डो लगायत सांस्कृतिक निधिहरुको कारण महत्वपूर्ण पर्यटक गन्तब्यहरु हुँदाहुदै पनि पर्यटक आगमनको संख्या निराशाजनक रहेको छ ।

देशले २० लाख वैदेशिक पर्यटक पु¥याउने लक्ष्य लिएको सन्दर्भमा कर्णाली प्रदेशमा आएको पर्यटकको संख्या अतिन्यून देखिन्छ । काठमाडौं–वीरेन्द्रनगर सिधा नियमित हवाई उडानको संख्या दैनिक एउटा मात्र रहेकोले यो संख्या बढाउनु आवश्यक देखिएको छ । उच्च संभावनाका बावजुत कर्णाली प्रदेशमा ठूला र मझौला उद्योगधन्दा खुल्न सकेका छैनन् । सेवाक्षेत्रअल्प÷अविकसित अवस्थामै रहेको छ ।
संभावना हुँदाहुँदै पनि प्रशोधन उद्योगहरुको अभाव छ ।

जसले गर्दा धेरै संख्यामा रहेको प्रजातिका बहुमुल्य जडिबुटीहरु र रत्न पत्थरहरुको कच्चा पदार्थको भण्डार हुन सकेको छैन र त्यस्ता कच्चा पदार्थलाई भण्डार गरी प्रशोधन गर्ने तथा निर्यात बढाउन सक्ने अवस्थालाई बलियो बनाउन सकिएको देखिदैन । कच्चा पदार्थनै बाहिर निर्यात हुने गरेकोले हाम्रो प्रतिस्पर्धात्मक सूचकाङ्क कमजोर रहेको देखिन्छ ।

तरकारी खेती तथा फलफूल खेतीतर्फ केही जिल्लाहरुमा व्यावसायिक कृषिको सम्भावनाका रहेतापनि प्रदेशको अधिकांश कृषि अझै गुजरामुखी नै छ । कर्णाली प्रदेशको धरै क्षेत्र अझै पनि प्राङ्गारिक अवस्थामै रहेको हुँदा जनस्वास्थ्यलाई ध्यानदिइ रसायन र विषादीरहीत कर्णाली बनाउन प्राङ्गारिक कर्णालीको रुपमा विकास गर्न सकिने अवस्था विद्यमान छ । कर्णाली प्रदेशमा खाद्य उत्पादनमा र खाद्यको मागको विचमा ठूलो खाडल रहेको देखिन्छ । त्यसैले यस क्षेत्रमा करिव २१ हजार मेट्रिक टन खाद्यान्न अपुग रहेको छ ।

सिंचाई, मल बीऊ र प्रविधिका कारण खाद्य उत्पादनमा अपेक्षित वृद्धि हुन सकेको छैन भने गैर–कृषिरोजगारको अभाव, आगमन असुविधा र गरिबहरुको खाद्यमा कमजोर पहुँचका कारण पनि खाद्य सुरक्षाको जोखिम अझै विद्यमान छ । कर्णाली प्रदेशमा मातृ शिशु मृत्युदर, वालविवाह र आमा किशोरी बन्ने समस्या देशका सबै प्रदेशभन्दा उच्च रहेको छ । ग्रामीण भेगमा स्वास्थ्य सेवाको सुलभ पहुँच हुन सकिरहेको छैन । राजधानी र जिल्ला केन्द्रहरुमा पनि सुविधासम्पन्न अस्पतालहरु निर्माण हुन सकेका छैनन् । यस प्रदेशमा पुर्वाधार, निर्माण र ठूला उद्योग स्थापना नहुँदो वेरोजगारी समस्या उच्च रहेको छ ।

जसका कारण प्रदेशमा रहेका श्रमशक्तिहरु भारतमा गई कामगर्ने प्रवृत्ति उच्च रहेको देखिन्छ । त्यसमा पनि मौषमी कामदारका रुपमा भारत जाने युवा जनसंख्या ठूलो छ । कर्णालीमा विकासका प्रमुख समस्या ड्ड भौगोलिक विकटता । ड्ड यातायात, ऊर्जा र सडक पूर्वाधारको अभाव । ड्ड खाद्य तथा पोषण सुरक्षाको अभाव ।

ड्ड आम्दानीका स्रोतको कमी र उच्च गरिवी । ड्ड रोजगारीको अभाव । ड्ड उच्च युवा निरक्षरता । ड्ड निम्न गुणस्तििय सार्वजनिक शिक्षा । ड्ड स्वास्थ्य सेवाको पहुँचमा कमी । ड्ड कमजोर श्रम उत्पादकत्व । ड्ड वित्तीय पहुँचको कमी । ड्ड वाल विवाह, छाउपडी, लंैगिक विभेद, छुवाछुत, लागु पदार्थ दुव्र्यसनी जस्ता सामाजिक समस्या । ड्ड युवा वेरोजगारी र आप्रवासन । ड्ड असल साशन र उच्चकोटीको संस्थागत संरचना निर्माणमा आवश्यक जनशक्तिको अभाव । सम्भावना र अवसर ः कर्णाली प्रदेशका आर्थिक सामाजिक सूचकहरु दयनीय छन् र थुप्रै चुनौतिहरु छन् ।

तर पनि यो अथाह अवसर र सम्भावना भएको प्रदेश हो । नेपाल सरकार तथा स्थानीय सरकारले कर्णाली प्रदेशबैकिङ्ग प्रणालीमार्फत सेवा सुचारु गरेको भए पनी यो सहज छैन । मुगुको मुगुमकार्मारोङ र सोरु गाँउपालिकाले राष्ट्रिय बाणिज्य बैंक र खत्याड गाँउपालिकाले माछापुच्छे बैंकबाट सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्दै आएका छन् । तर अधिकांश स्थानीयलाई बैंकसम्म पुग्न मात्र दुईदिन सम्म लाग्ने गरेको छ ।

घण्टौं पैदल हिँड्नुपर्ने, बैंकमा दिनहुँ लाइनमा लाग्नुपर्ने, सदरमुकाममै होटलमा बस्नुपर्ने जस्ता बाध्यताले सरकारले दिने भत्ता पनि बाटोमै खर्च हुने गरेको दुर्गमका नागरिकको गुनासो छ । कतिपयलाई आफन्तले बोकेरै बैंकमा लैजानुपर्ने भएकाले यो व्यवहारिक नभएको गुसानो गरेका छन् । साथै स्थानीय तहका जनप्रतिनिधिको रोहवरमा घरघरमै भत्ता उपलब्ध गराए जेष्ठ नागरिकलाई सुविधा पुग्ने आफन्तहरु बताउँछन् ।

निरीक्षक युवन चौधरीले भने, ‘आत्महत्या गरेकामध्ये ९० प्रतिशतले मानसिक समस्याका कारण आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने बालबालिकामध्ये पनि अधिकांश मानसिक समस्याबाट पीडित भएका हुन् ।’

तपाईको प्रतिक्रिया