‘साथीको प्रस्तावमा सहकारी स्थापना ग¥यौं’

बाल्यकारमा हरेक मानिसका आफ्नै रहर र इच्छाहरु हुन्छन् । तर विस्तारै मानिसले ति रहर र इच्छाहरुलाई प्राप्त गर्न नसक्ने अवस्था आउन सक्छ । अधिकांशले काल्यकालका सपना पूरा गर्न सक्दैनन् । जसले जीवनमा मेहनत र निरन्तरता दिन्छन् उनीहरुले मात्र लक्ष्य भेटाउन सक्छन् । आर्थिक अवस्थाका कारण पनि धेरैले पढ्दै र काम गर्दै अगाडि बढ्नुपर्ने हुन्छ । यस्तै मध्येकी एक हुन् वीरेन्द्रनगर नगरपालिका वडा नं १० निवासी शेरबहादुर खड्का । जो आज निरन्तरको मेहनतबाट सहकारी संस्थाको सचिव बन्न सफल भएका छन् । आजको जम्काभेटमा उनै खड्कासँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

बाल्यकालमा घरको काम

बुवा लालबहादुर खड्का र आमा सुमित्रा खड्काको कोखबाट २०२७ साल बैशाख ४ गते सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर २ लेखपराजुलमा शेरबहादुर खड्काको जन्म भयो । उनी घरको जेठो छोरा हुन् । उनको बाल्यकाल सामान्य वित्यो । उनको बुवाले कृषि कर्म गर्थे ।
उनको घरमा खान र लगाउन दुख दिएन । मध्यम खालको परिवारमा जन्मिएका उनले सानैदेखि जुनसुकै काम गर्दा पनि सोचेर गर्थे । उनले सानो कक्षा गाउँमै पढे । १ कक्षा लेखपराजुलमा पढेका उनले ३ देखि ५ कक्षासम्म भने साविकको नेराप्रावि डुङ्गीखोला छिन्चुमा पढेका हुन् । ७ कक्षासम्म भने उनले सारदा मावि छिन्चुमा पढे । ८ देखि भने उनले आनन्द माविमा गुमीमा पढेका हुन् ।
उनले त्यही माविबाट २०४६ सालमा एसएलसी पास गरे । उनले घरमा काम गर्दै विद्यालको शिक्षा उनले हासिल गरे । साँझ र बिहान घरको घाँस दाउरा ल्याउनेदेखि जोत्ने, खन्ने काम गरेर विद्यालय जान्थे । विदाको दिनमा उनी गोठालोसमेत जाने गरेका थिए । त्यो समयमा गोठालो गएर साथीहरुसँग रमाउने र खेल्ने पनि गर्थे । उनी सबैसँग मिलनसार र सहयोगी पनि थिए । एसएलसी पासपछि उनी पढ्नको लागि वीरेन्द्रनगर आए । वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायबाट २०४९ मा आइकम गरे ।

सामाजिक काम गर्ने लक्ष्य

उनले सानैदेखि सबै काम गर्न सिकेका थिए । उनको पढाइ पनि राम्रै थियो । उनले पढेर सामाजिक काम गर्ने लक्ष्य लिएका थिए । तर उनले तत्कालै त्यो लक्ष्य पुरा गर्ने अवस्था थिएन । घरको आर्थिक अवस्था र उनीमाथी बढ्दै गरेको जिम्मेवारीका कारण उनले आफ् नो लक्ष्यलाई तत्काल अगाडी बढाउन सकेनन् । तथापि उनले आफ्नो लक्ष्यलाई भने कहिले पनि बिर्सिएनन् ।

अनि शिक्षक बने

आइकम पास गरेपछि उनको घरको जिम्मेवारी थपियो । भाईबहिनीहरुलाई पढाउनुपर्ने सँगै घरको समस्या टार्नुपर्ने उनको काँधमा जिम्मेवारी आयो । बुवाआमाले काम गर्न नसक्ने भएपछि सबै जिम्मेवारी उनको काँधमा आइपुग्यो ।
अनि उनले उनले नेराप्रावि थर्मेसेमा नीजि स्रोतमा २०४९ सालमा पढाउन शुरु गरे । त्यतीबेला उनको मासिक तलब नौ सय रुपैयाँ मात्र थियो । दुईबर्ष त्यही विद्यालयमा पढाएका उनी आफैले पढेको चन्द्रसुर्य प्रावि लेखपराजुलमा शिक्षक भएर पढाउन थाले । सामान्य तलबले घर खर्च टार्नुपर्ने भाइबहिनीहरु पढाउनुपर्ने समस्या थियो । अनि पाँच हजारको तलबमा उनलाई मेहेलकुनामा रहेको एउटा नीजि विद्यालयमा पढाउन बोलाइयो । त्यहाँ एकबर्ष काम गरेका उनी फेरी फर्किएर गाउँकै सुर्यदय प्राविमा नै पढाउन शुरु गरे ।
अनि उनले आफ्नो पढाइलाईनिरन्तरता दिनुपर्ने सोचसहित पढाउन छोडेर बाँके गए ।

पढ्दै र पढाउँदै


आफ्नो पढाइलाई निरन्तरता दिन भन्दै उनी बाँकेको कोहलपुरमा गए । त्यहाँ उनले व्यवस्थापन संकाय छोडेर फेरी ग्रामीण विकासबाट आइए पढ्नेगरी बागेश्वरी पब्लिक क्याम्पसमा पढ्न थाले । २०६१ सालको कुरा हो, त्यतीबेला देशमा द्वन्द्व थियो । द्वन्द्वकालमा विस्तापित भएर आएका कालिकोटका व्यक्तीका छोराछोरीलाई उनले बिहानबेलुकी पढाउन थाले ।
पढाएबापत शेरबहादुरलाई खाना र बस्नको व्यवस्था गरिएको थियो । उनले साँझ र बिहान पढाउने र दिउँसो क्याम्पस पढ्न जान्थे । दुईबर्ष कोहलपुरमा बसेका उनले ग्रामीण विकास विषयमा आइए गरेपछि फेरी सुर्खेत फर्किएका उनले वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा विएमा भर्ना भए । अनि ग्रामीण विकासबाटै विए गरे ।

सहकारीको यात्रा

उनी वीरेन्द्रनगरमै थिए । हेल्बेटासको कार्यक्रम अन्तरगत छिन्चुमा रहेको गंगामाला स्वाबलम्बन वचत तथा ऋण सहकारी संस्थाले संचालन गर्न लागेको स्वाबलम्बन कार्यक्रमको लागि सामाजिक परिचालकमा विज्ञापन खोलिएको थियो ।
उनले पनि दरखास्त दिए । कार्यक्रमको लागि उनी छानिए । सामाजिक परिचालक भएर दुईबर्ष काम गरेपछि उनलाई सहकारी र कृषि क्षेत्रको बारेमा ज्ञान हासिल गर्ने मौका मिल्यो । त्यसपछि उनी त्यही सहकारीले संचालन गरेको लघुवित्त कार्यक्रममासमेत काम गर्ने अवसर पाए । विभिन्न सहकारी र कृषि सम्बन्धी तालिमहरुसमेत उनले लिने अवसर प्राप्त गरे । उनले यो क्षेत्रमा थुप्रै ज्ञान हासिल गरे । १० बर्षसम्म काम गरे । अनी उनको साथीले एउटा सहकारी स्थापना गर्ने प्रस्ताव उनीसामु ल्याए । उनले पनि त्यो प्रस्तावलाई स्वीकार गर्दै २०६९ सालमा वीरेन्द्रनगरमा जनमुखि कृषि बाल्यकारमा हरेक मानिसका आफ्नै रहर र इच्छाहरु हुन्छन् । तर विस्तारै मानिसले ति रहर र इच्छाहरुलाई प्राप्त गर्न नसक्ने अवस्था आउन सक्छ ।
अधिकांशले काल्यकालका सपना पूरा गर्न सक्दैनन् । जसले जीवनमा मेहनत र निरन्तरता दिन्छन् उनीहरुले मात्र लक्ष्य भेटाउन सक्छन् । आर्थिक अवस्थाका कारण पनि धेरैले पढ्दै र काम गर्दै अगाडि बढ्नुपर्ने हुन्छ । यस्तै मध्येकी एक हुन् वीरेन्द्रनगर नगरपालिका वडा नं १० निवासी शेरबहादुर खड्का । जो आज निरन्तरको मेहनतबाट सहकारी संस्थाको सचिव बन्न सफल भएका छन् ।  जम्काभेटमा उनै खड्कासँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् ।
प्रस्तुत छ, कुराकानीको सम्पादित अंश : शेरबहादुर खड्का सचिव, जनमुखी कृषि तथा पशुपालन सहकारी संस्था, वीरेन्द्रनगर तथा पशुपालन सहकारी संस्था नामक सहकारी स्थापना गरेर त्यसको सचिव भएर अहिलेसम्म सचिवकै रुपमा काम गरिरहेका छन् ।

जीवनमा संघर्ष

सानैदेखि संघर्ष गर्दै आएका उनले जुनसुकै काम गर्न पनि धेरै दुख गर्नुपर्यो । बिवाहपछि पनि उनको आर्थिक अवस्था सामान्य नै थियो । उनको बुवाआमापछिको जिम्मेवारी उनकै काँधमा थियो । भाईबहिनी पढाउनुपर्ने, आफ्नो पढाइलाई निरन्तरता दिनुपर्ने भएकाले उनले धेरै संघर्ष गर्नुपर्यो । उनको बिवाहपछि अझै धेरै जिम्मेवारी थपियो ।
उनले आफ्नो पढाइसँगै पढाउने कामसमेत गरे । शिक्षासँगै सहकारी र सामाजिक क्षेत्रमासमेत उनले मेहेनत गर्नुपर्यो । यही संघर्षले उनलाई ज्ञान र सीप दियो । उनी अहिले वीरेन्द्रनगरमा रहेको वीरेन्द्रनगरमा जनमुखि कृषि तथा पशुपालन सहकारी संस्थाको सचिवको रुपमा काम गरिरहेका छन् ।
उनले अहिले आफ्नो जीवनलाई सहज बनाउँदै मानिसहरुलाई आत्मनिर्भरतामा लिने बाटोतर्फ उन्मुख बनाउन खोजेका छन् ।

भावी योजना

सहकारी मार्फत समुदायमा रहेको गरिबी कम गर्दै आत्मनिर्भर बनाउने उनको भावी योजना छ । सँगै उनले लिएको जीवनको लक्ष्य पुरा गर्ने उनको सोच छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार