बाँदरमा मानिसको मस्तिष्क जिन हाल्दा

काठमाडौं । मान्छेमा बुद्धि कसरी विकसित भयो भन्ने अध्ययन गर्न वैज्ञानिकहरूले बाँदरमा मानव मस्तिष्कको जीन हालेर परीक्षण गरेका छन् ।

चीनको कुन्मिङ इन्स्टिट्युट अफ जूओलजी र चाइनिज अक्याडमी अफ साइन्सेजका अनुसन्धानकर्ताले अमेरिकाको युनिभर्सिटी अफ नोर्थ क्यारोलाइनाका वैज्ञानिकहरूसँग मिलेर यो अनुसन्धान थालेका हुन् ।

मानव मस्तिष्कको जीन प्रत्यारोपण भएपछि बाँदरहरू केही बुद्धिमान भएको उनीहरूको दाबी छ । तर केही संस्थाहरूले यस्ता खालका आनुवंशिक प्रयोग र परीक्षणप्रति नैतिक प्रश्न उठाएका छन् ।

तपाईको प्रतिक्रिया