विश्वकपमा आज एक खेल

काठमाडौं । आईसीसी टी(ट्वान्टी विश्वकप क्रिकेटमा आज सोमबार एक खेल हुँदैछ ।

विश्वकपको सुपर १२ अन्तर्गत सोमबार अफगानिस्तानले स्कटल्याण्डको सामना गर्नेछ ।

सारजाहमा हुने अफगानिस्तान र स्कटल्याण्डबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।

सुपर १२ को समूह २ मा रहेको अफगानिस्तान स्कटल्याण्डलाई हराउदै सुखद सुरुआत गर्ने चाहन्छ ।

स्कटल्याण्ड पनि अफगानिस्तानलाई हराएर सुपर १२ मा विजयी सुरुआत गर्ने योजनामा हुनेछ ।

स्कटल्याण्डले पहिलो पटक विश्वकपको सुपर १२ खेल्न लागेको हो । पहिलो चरणमा अपराजित रहदै स्कटल्याण्डले सुपर १२ मा स्थान बनाएको हो ।

दुई टिमबीचको पछिल्लो हेड टु हेडमा अफगानिस्तान बलियो देखिएको छ ।

पछिल्ला पाँच भेटमा अफगानिस्तानले पाँचै खेल जितेको छ ।

तपाईको प्रतिक्रिया