सुनको मूल्य ४०० रुपैयाँ बढ्यो

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँ कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ हुनेछ । जसको मूल्य शुक्रबार प्रतितोला ९१ हजार २०० रुपैयाँ तोकिएको थियो ।


महासंघका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २६० रुपैयाँ पुगेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार