सल्यानमा जिप दुर्घटना स् एकजनाको मृत्यु‚ सात घाइते

सल्यान : सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ् भने सात जना घाइते भएका छन् । दुर्घटनामा बागचौर नगरपालिकाका १८ वर्षीय आशीष बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार विहान करिव ७ः५० बजे सल्यानको बागचौरबाट दाङतर्फ गइरहेको भे १ च १८९० नम्बरको जिप कपुरकोट(३ स्थित मुलपानी वनस्पति उद्यान नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले जानकारी दिए।


दुर्घटनामा घाइतेहरुको उपचार प्रादेशिक अस्पताल तुल्सिपुरमा भइरहेको छ । घाइतेमध्ये २८ वर्षीया बविता रावललाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।

गाडी सडकबाट १०० मिटर तल खोल्सामा खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार