सुर्खेतबाट खैरो हेरोइनसहित एकजना युवक पक्राउ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भुरेलीबाट प्रहरीले खैरो हेरोइनसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय खिमबहादुर बुढा रहेका छन् । लागु औषध नियन्त्रण ब्यूरो र जिप्रका सुर्खेतबाट खटिएको संयुक्त टोलीले बुढाको साथबाट ८ ग्राम ८१० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।


एक पुरिया खैरो हेरोइन उनको साथबाट र २ पुरिया घरबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगर–२ स्थित कोलडाँडा घर भएका खिमबहादुरलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार