भारतविरुद्धको खेलका लागि पाकिस्तानको टोली घोषणा

भारतविरुद्ध आइतबार हुने टी–२० विश्वकप अन्तरगतका लागि पाकिस्तानले आफ्नो टोलीको घोषणा गरेका छन् । पाकिस्तानले बाबर आजमको कप्तानीमा १२ खेलाडीहरूको घोषणा गरेको हो । टोलीमा आज  सहित मोहम्मद रिजवान, फखर जमान, मोहम्मद हफीज, शोएब मलिक, आसिफ अली, इमाद वसीम, शादाब खान, शाहीन अफ्रिदी, हसन अली, हरीस रऊफ र हैदर अली रहेका छन् । सुपर १२ राउन्डमा दुई टोलीका यो पहिलो खेल हुनेछ ।


हालसम्म दुई टोलीबीच टी–२० का ५ खेल खेलिएका छन् जसमा सबैमा भारत विजयी भएको छ । भारत विराट कोहलीको कप्तानीमा मैदानमा उत्रनेछ । भारतले भोलि मात्र टोलीको घोषणा गर्ने बताइएको छ । यो विराट कोहलीको कप्तानीमा खेलिने अन्तिम टी–२० प्रतियोगिता हुनेछ । महेन्द्र सिंह घोनीका मेन्टर रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार