दलीय सहमति नभएसम्म एमसीसी पारित हुँदैन स् परराष्ट्रमन्त्री खड्का

 

परराष्ट्रमन्त्री डा।नारायण खडकाले दलीय सहमति नभएसम्म मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित नहुने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग शनिबार कुराकानी गर्दै मन्त्री खड्काले सो कुरा बताएका हुन् । मन्त्री खड्काले एमसीसी सबै दलको सहमतिमा मात्र पारित हुने भएकोले सरकारले सहमति बनाउने प्रयत्न गरिरहेको बताए ।

उनले भने, ‘सरकारले प्रदेश सरकार गठन लगायतका विषयमा प्याकेजमा सहमति गरेर कामलाई अघि बढाउँछ, अहिलेसम्म प्रदेश सरकारको नेतृत्वको विषयमा अन्तिम टुंगो लागिसकेको छैन ।’ प्रदेश १ सरकारको नेतृत्व अझैपनि काँग्रेसले गर्ने सम्भावना जीवित रहेको बताए ।

 

तपाईको प्रतिक्रिया