एकीकृत समाजवादी कर्णाली प्रदेशको अध्यक्षमा अम्मर थापा

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) पार्टीले कर्णाली प्रदेशको अध्यक्षको जिम्मेवारी अम्मरबहादुर थापालाई दिएको छ ।
थापा कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री समेत छन् । एमालेमै छँदा ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थापा त्यसपछि मन्त्री बनेका थिए ।


उनको मन्त्री पदको समयावधि पनि केही दिनमा सकिँदैछ । दलले यसअघि प्रकाश ज्वालालाई प्रदेश इञ्चार्जको जिम्मेवारी दिइसकेको थियो । यस्तै सह–इञ्चार्जको जिम्मा चन्द्रबहादुर शाही, हंस शाही, शेर बहादुर केसी र ठगेन्द्र पुरीलाई सचिवको जिम्मेवारी दिइएको बताइएको छ ।

थापा भन्छन् अब कर्णालीमा हाम्रो पार्टीलाई अब्बल पार्टीको रुपमा स्थापित गर्छौं । अहिले सांगठनीक रुपमा कसरी अघि बढ्ने भन्ने बारेमा हामीहरु एकबद्ध भई लागिरहेका छौं ।’

 

तपाईको प्रतिक्रिया