टि-२० विश्वकप : सुपर १२ मा बंगलादेश

टि(२० विश्वकपको क्वालिफायर भिडन्तमा बंगलादेशले पपुवा न्युगिनिलाई पराजित गर्दै अन्तिम १२ मा स्थान बनाएको छ । बंगलादेशले पपुवा न्युगिनिलाई ८४ रनले पराजित गरेको हा ।

टस जितेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनायो । टिमका लागि कप्तान महमुदुल्लाहले ५० रनको अर्धशतकीय इनिङ खेल्दा शकिब अल हसनले ४६ रन बनाए ।

पिएनजिका लागि असद भला, कबुआ मोरिया र डेमियन रावुले समान २(२ विकेट लिए । १८१ रनको लक्ष्य लिएर मैदान उत्रिएको बंगलादेशले १९‍.३ ओभरमा ९७ रनमात्र जोड्न सक्यो । टिमका लागि विकेटकिपर ब्याट्सम्यान डोरिगाले ३४ बलमा ४६ रन बनाए ।

बंगलादेशको जितमा शकिबले चार विकेट लिंदा तस्कीन अहमद र मोहम्मद सैफुदिनले समान २(२ विकेट लिए। शकिब म्यान अफ द म्याच घोषित भए ।

क्वालिफायर चरणमा पिएनजीको यो लगातार तेस्रो हार हो। यो हारसँगै पिएनजी प्रतियोगिताबाट बाहिरियो। लगातार दोस्रो जितपछि बंगलादेश सुपर(१२ का लागि क्वालिफाइ गर्न सफल भयो। यो सँगै बंगलादेशले समहु १ मा स्थान बनाएको छ ।

 

तपाईको प्रतिक्रिया