यस वर्षको इन्टेग्रिटी आइकन शिला शर्माले जितिन्

काठमाडौँ । यस वर्षको इन्टेग्रिटी आइकन बाँकेकी शिला शर्माले जितेकी छन् । अकाउन्टबिलिटी ल्याब संस्थाले देशभरीमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई दिने यो पुरस्कार यस वर्ष बाँकेकै शिला शर्माले जितेकी हुन् ।

उनले आफ्ना पाँच प्रतिष्पर्धीलाई पछि पारिन् । यस वर्षको इन्टेग्रिटी आइकनका लागि शर्मासँगै डा । लोपबहादुर लोप्चन, डा।सुमित्रा गौतम, चन्द्रकान्त चौधरी र मनमाया भट्टराई पंगेनी परेका थिए ।

यस वर्ष अकाउन्टबिलिटी ल्याबले कोभिड महामारीमा खटेर काम गर्ने सरकारी कर्मचारीलाई मनोनयनमा राखेको थियो ।

सरकारी क्षेत्रमा विविध विकृति, समस्या र चुनौति भएपनि सम्भवना र क्षमताका साथ काम गर्ने कर्मचारीले अकाउन्टबिलिटी ल्याब संस्थाले इन्टिग्रिटी आइकन सम्मान तथा पुरस्कार दिने गरेको छ ।

दुई वर्षअघि यो पुरस्कार तत्कालिन बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवांगले जितेका थिए । उनी अहिले दाङका प्रमुुख जिल्ला अधिकारी छन् ।

तपाईको प्रतिक्रिया