उपमेयर कप : सहभागीको खर्च गाउँपालिका व्यहोर्ने

हुम्ला : काठमाडौंमा सुरु हुन लागेको उपमेयर कप फुटबल प्रतियोगिताका लागि हुम्लाबाट सहभागिता जनाउने खेलाडीको खर्च सिमकोट गाउँपालिकाले व्यहोर्ने भएको छ । उक्त प्रतियोगितामा पहिलो पटक अधिकांश खेलाडी गाउँपालिकाकै रहेको कारण सबै लागत व्यहोर्ने लागेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले राष्ट्रिय स्तरको उपमेयर महिला फुटबल प्रतियोगिताका लागि सहभागीता जनाउने सबै खेलाडीको खर्च गाउँपालिकाले व्यहोर्ने बताए ।

सडक सञ्जालसँग नजोडिएको कारण हवाई मार्गबाट नेपालगञ्ज र त्यहाँबाट बसमा खेलाडीहरुलाई काठमार्डौ पठाउने पर्ने भएको कारण लागत बढी लाग्नेछ । उनले १५ देखि १७ लाख लागत लाग्ने अनुमान गाउँपालिकाले गरेको र त्यो खर्च सबै व्यहोर्ने भएको हो । प्रतियोगितामा बीस जना खेलाडी, अफिसिय र केही जनप्रतिनिधिहरुले सहभागिता जनाउने छन् । हुम्लाको खेल शुक्रबार ५ गते छ ।

तपाईको प्रतिक्रिया