प्रधानसेनापति र युरोपेली संघका राजदूतबीच भेट

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र युरोपेली संघ प्रतिनिधिमण्डलका राजदूत नोना डेप्रेजबीच भेटवार्ता भएको छ ।

शर्माको कार्यकक्षमा भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भेटवार्ताले आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप सहयोग पुग्ने विश्वास सेनाले लिएको छ ।

तपाईको प्रतिक्रिया