दशैमा तलव नपाएपछि शिक्षक संगठनहरुको विरोध

दुर्गा विसि
सल्लीबजार, २७ असोज ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कार्यरत शिक्षक कर्मचारीले स्थानीय तह भए यता समयमा तलव खान पाएन्न । पहिलो चौमासिक तलव चाडपर्व सकिए पछि निकासा गर्ने र अन्तिम चौमासिक तलव खुवाउदा आषाढ ३१ वा त्यो भन्दा पछि अर्को आर्थिक वर्षमा निकासा छोड्ने गरेको छ ।

स्थानीय सरकारले शिक्षक,कर्मचारीलाई हरेक क्षेत्रमा पेलान र मानसिक तनाव तथा ट्रचर समेत दिने काम गरेको छ । २०७८ को प्रथम चौमासिक निकास बैंकमा पठाएको भन्ने कुरा झुट सावित भएको छ । जनप्रतिनिधि र निजामतीका खाता खातामा निकासा पठायो भने शिक्षकलाइ तलव नखुवाइ रित्तो हात घर फर्काएको छ । यता नगरपालिका जस्तै बैंकले पनि दशै विदा हुनु अन्तिम दिन भिडभाड तथा काम लोड परेको भन्दै सिस्टम विग्रेको वहाना वनायो ।

उक्त दिन एक हजारको चेक समेत साटेन । ठ्याक्कै नगरपालिकाको रवैया लक्ष्मि बैंक शाखा कार्यालय सल्लिवजारले सिको गरेको छ ।समयमै तलव भत्ता निकासा नगर्ने निकाय स्थानिय सरकार प्रती यहाँका संघ संगठनका अगुवाइले घोर आपतिसँगै खेद प्रकट गरेका छन् । स्थानीय सरकारमा काम गर्ने कर्मचारीको मनपरितन्त्रलाइ रोक्न निर्वाचित जनप्रतिनिधि फेलर भएको समेत जनाएको छ ।

कोभिड-१९ ले विश्वजगत नै तहसनहस भएको यो अवस्थामा नेपालमा पनि त्यसको व्यापक असरले विद्यालय बन्द हुदाहुदै समेत शिक्षकहरु माथि समाजिक सञ्जाल यावत क्षेत्रमा दोषारोपण हुन लज्जित विषय भएको समेत जनाएको छ ।

रोजिरोटिको एक मात्रै उपाए तेहि तलव भएकोले दशै जस्तो पर्वमा शिक्षकहरुका घर अन्य कुरा त परै जावस चुलो वल्न नसक्ने अवस्था रहेकोले यहाँको नालायक स्थानीय सरकारको यो घृणित कार्याप्रती नेपाल शिक्षक संघ नगर अध्यक्ष सुरेन्द्र खड्का,नेपाल राष्ट्रिय शिक्षक संघठनका नगर अध्यक्ष नारद घर्ती,अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष गणेश चन्द र शिक्षक महासंघका जिल्ला कार्यसमिति सचिव सुरेस सिंह राठौरद्वारा जारि विज्ञप्तिमा निन्दा साथै खेद प्रकट गरेको छ ।

विद्यालय कर्मचारीको राज्यले नितिमा व्यवस्था गरेको तलव मान समेत निकासा नगरेको भन्न सुन्नमा आएकोले यावत शिक्षकहरु माथिको अन्यायपुर्न्न व्यवहार सच्याउन अपिल गरिएको छ । लक्ष्मि बैंक सल्लिवजारले समेत छल्ने ढाँट्ने,ढाँट्ने झुक्याउने काम गरेको वताएको छ । दशै लगतै सम्पूर्ण शिक्षक,कर्मचारीको तलव निकासा नभए चरणबद्द आन्दोलन गर्ने जनाएको छ ।

स्थानीय सरकार भए पश्चात् शिक्षकले समयमै तलव खान नपाएको समेत दुखेसो रहेको छ । शिक्षकहरु माथिको पेलान,हेप्पाहा प्रवृत्ति सच्याउन यथासक्य माग समेत गरिएको छ । बैंक र नगरपालिकाको यस्तो वदमासिमाथि छानबिन हुन समेत माग गरिएको छ ।

तपाईको प्रतिक्रिया