स्यार्पुताल कृषि सहकारी संस्थाको नबौ बार्षिक साधारण सभा सुरु

प्रचण्ड खत्री
रुकुम पशिम, २६ असोज ।
रुकुम पशिमको बाफिकोट गाउपालिका वडा नम्बर ३ मा रहेको स्यार्पुताल कृषि सहकारी संथा लिमिटेडको नबौ बार्षिक साधारण सभा सुरु भएको छ। सहकारीका अध्यक्ष प्रकाश केसीको अध्यक्षतामा सुरु भएको साधारण सभामा बाफिकोट गाउपालिका अध्यक्ष धर्मबहादुर केसीको प्रमुख आतित्यता रहेको थियो ।

त्यस्तै जिल्ला सहकारी संघ रुकुम पशिमका अध्यक्ष नरबहादुर खड्का, गाउपालिका उपाध्यक्ष मनकला पुन , ३ का वडा अध्यक्ष चन्द्रबहादुर केसी, ४ का काभा अध्यक्ष शेरबहादुर ओली, ५ का वडा अध्यक्ष कस्तुपप्रकाश दाहाल लगायतको आतित्यता रहेको थियो ्र विकेन्द्रित श्रम शक्ति र पुजीलाई केन्द्रित गरि गरिबको रेखामुनी रहेका समुदायलाई गोलबन्ध गरि सहकारीको मुल्य मान्यता र सिदान्तको माध्यमबाट आर्थिक, सामाजिक, र सास्कृतिक बिकाशको उदेश्यले २०६८ सालमा सहकारीको स्थापना भएको थियो ।


सहकारीमा अहिले सम्म ६५० जना सेयर सदस्य रहेका छन ्र जसमा महिला २४९ र पुरुस ४०१ रहेका छन ्र असली ऋणी कर्जा ,राम्रो बचत गरेका , राम्रो सेयर हालेका र सहकारीका पुर्ब अध्यक्षहरुलाई कदर पत्रले सम्मान गरेको थियो ्र सहकारीले स्यार्पुतालामा पालन गरेका माछा व्यवसायलाई निरन्तर दिदै झन मजबुत बनायर अगाडी बढ्ने योजना रहेको सहकारीका अध्यक्ष प्रकाश केसीले बताए । सहकारीका उपाध्यक्ष धर्मराज केसीको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन सचिब सुर्यप्रकाश मल्लले गरेका थिए ्र सहकारी नयाँ कार्यसमिति चयन गर्दै भोलि सकिने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार