परिवर्तन संस्थागत गर्न एस पार्टीको स्थापना

दैलेख, २७ असोज ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्केले २०६२÷०६३ को आन्दोलन, माओवादी सशस्त्र संघर्ष लगायतका राजनीति आन्दोलनबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न एकीकृत समाजवादी पार्टी स्थापना भएको बताउनुभएको छ ।

एकीकृत समाजवादीको चामुण्डाबिन्द्रासैनी नगर स्तरीय कार्यालयको उद्घाटन गर्दै साँसद बिशुन्केले केपी शर्मा ओलीको व्यक्तिवादी कार्यशैलीले नेकपा एमालेको राजनीतिक आदर्श माथि नै धक्का पुग्न थालेपछि त्यो पार्टी छोडेर नेकपा एकीकृत समाजवादी पार्टी स्थापना गरिएको बताउनुभयो ।

त्यस बखत नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एव कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापाले जनबिश्वास गुमाएको पार्टी र त्यो पार्टीका नेताहरुलाई छोडेर नयाँ पार्टी बनाइएको बताउनुभयो ।


नगर कमिटीका अध्यक्ष लक्षीराम केसीको अध्यक्षतामा भएको चामुण्डाबिन्द्रासैनी नगर स्तरीय कार्यालयको उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु साबित्री मल्ल, टेकबहादुर खाण, पार्टी जिल्ला अध्यक्ष बरुनाथ योगी, युवा नेताहरु हेमन्त दशौदी, रमेश केसी, सुस्मिता सिंह लगायतको उपस्थिति थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार