सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सरकारी सेवा र भौतिक पूर्वाधारको सुविधा उपलब्ध हुने आशमा जनघनत्व बढ्दो छ । बाहिरबाट बस्ती आउनेको संख्या बढेपछि वीरेन्द्रनगरमा मानिसहरुको संख्या मात्र बढेको छैन, सवारी साधनको चाप पनि थेग्न नसक्ने अवस्थामा पुगेको छ।
सवारी साधनको संख्या बढेका कारण नगरभित्र सवारी साधनको व्यवस्थापन र सडकमा हुने दुर्घटनाको जोखिम पनि बढ्दो छ । नगरको मुख्य बजार क्षेत्रमा पनि वीरेन्द्रनगरको मंगलगढीचोकदेखि गणेशचोकसम्म सवारी साधनको आवतजातमा सबैभन्दा बढी सास्ती हुन्छ । यस्तै पछिल्लो समय बजार क्षेत्रका भित्री सडकहरु यरिचोक वीरेन्द्रनचोक, नेताचोक बुद्धपथ लाइन र हटिया लाइनमा सवारी साधनको आवतजातमा सबैभन्दा बढी सास्ती हुन्छ ।
यस्तै पछिल्लो समय बजार क्षेत्रका भित्री सडकहरु यरिचोक वीरेन्द्रचोक, नेताचोक(बुद्धपथ लाइन र हटिया लाइनमा सवारी साधनका कारण पटक(पटक सडक नै जाम हुने समस्या बढेको छ । ठूला सवारी साधन (बस र ट्रक) हरु भित्री सडकमा पास हुनसक्ने अवस्था छैन ।
यही समस्या समाधान गर्नका लागि वीरेन्द्रनगरका व्यस्त सडकलाई वान वे अर्थात एकतर्फी मात्र सवारी साधन चलाउन पाउने व्यवस्था गर्ने योजना अगाडि सारिएको थियो। नगरभित्र रहेका साँघुरो सडकका कारण सवारी साधनको दुर्घटना पनि बढ्दो छ । मुख्य सडकहरुमै पैदय यात्रीलाई आवाज(जावत गर्दा सास्ती भोग्नुपर्छ । ट्राफिक लाइट र जेब्राक्रस पनि व्यवस्थित छैनन् ।
प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा सवारी साधनको चाप बढिरहँदा नगरका सडक भने अस्तव्यस्त बनेका छन् । सडकमा रहेका फुटपाथ अतिक्रमण भएका छन् । पार्किंग नहुँदा साँघुरा सडकमै सवारी साधन रोक्ने गरिएको छ । यसले पनि नगभित्र र मुख्यगरी मानिसहरुको भीड हुने बजार क्षेत्रको ट्राफिक व्यवस्थामा चुनौती थपिएको हो । अव्यवस्थित सडक, बढ्दो सवारी दुर्घटना र ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले एक बर्षअघि नै वीरेन्द्रनगरका मुख्य सडकलाई ९वान वे० अर्थात एकतर्फी मात्र गाडी संचालन गर्ने योजना बनाइएको थियो ।
मुख्य बजार क्षेत्रको दुई ठाउँमा पार्किङस्थल बनाउँछौं
देवकुमार सुवेदी मेयर वीरेन्द्रनगर नगरपालिका
वीरेन्द्रनगर नगरपालिका नगरको समग्र विकासको नेतृत्व लिएको वीरेन्द्रनगर नगरपालिका भने मुख्य बजार क्षेत्रका दुई ठाउँमा पार्किडस्थल बनाउने तयारी भइरहेको जानकारी दिएको छ ।
‘सुरुवातमा मंगलगढी चौक र घण्टाघर नजिक पार्किङस्थल बनाउने तयारी छ। मेयर देवकुमार सुवेदीले भने, ‘तर पहिला हामी नगरका सडकहरु स्तरोन्नति गर्दै “छौं, सडकको स्तरोन्नति भएपछि मात्रै पार्किङस्थल बन्छन् ।’ ट्राफिक प्रहरीले भने जन माध्यमिक विद्यालय नजिक, एमाले पार्टी कार्यालय अगाडि, पुरानो बसपार्क र घण्टाघर क्षेत्रमा पार्किडस्थल आवश्यक पर्ने बताउँदै आएको छ ।
वान वे सडकलाई लक्षितगरी पार्किडस्थल तोक्नुपर्ने प्रहरी बताउँछ । बजार क्षेत्रमा हालसम्म व्यवस्थित पार्किडस्थल छैनन् । अव्यवस्थित पार्किडका कारण पनि बजार क्षेत्रमा सवारी साधनको जाम हुने र दुर्घटना समेत बढ्दो छ।
युग संवाददाता । । २६ आश्विन २०७८, मंगलवार १२:३९