दसैँमा पेट्रोल पम्प र डिपो खुलै रहने

नेपाल आयल निगमले दसैँको समयमा पेट्रोल पम्प र निगमका डिपो खुलै रहने जनाएको छ । निगमका प्रवक्ता विनितममणि उपाध्यायले दसैँको विदाको समयमा पनि पम्प र डिपो खुलै रहने बताएका हुन् ।


उनले भने, ‘दसैं, तिहार, नेपाल सम्वत र छठको समयमा दशैभरका पेट्रोलियम पदार्थको पम्प र डिपो आवश्यक्ताका आधारमा खुलै रहने छन् ।’ आवश्यकताअनुसार पम्प खुला रहने भएकाले अनावश्यकरूपमा पेट्रोलियम पदार्थको मौज्दात राख्नु नपर्ने उनको भनाइ छ ।
यसैगरी, चाडपर्वको समयमा पेट्रोलियम पदार्थको आपूर्ति तथा उपलब्धतामा समस्या देखिएमा तत्काल निगमलाई सम्पर्क गर्न समेत भनिएको छ

तपाईको प्रतिक्रिया