व्यापारीका दुःख

मासुलाई मिठो परिकारका रुपमा लिइन्छ । आफन्तको स्वागत र चाडपर्वमा प्रायः सबैको घरमा मासुकै परिकार पाक्छ । दशंै–तिहारमा घर–घरमा मासुका परिकार पाक्छन् । विपन्न नागरिकका लागि मासु खान दशै नै कुर्नुपर्ने बाध्यता छ । दशैमा विशेष गरेर खस्सीबोका र भेडाच्याङ्ग्राहको मासु सबैको रोजाइमा पर्दछ । कतिपयले बलिका रुपमा घर–घरमै खसीबोका काट्ने चलन छ । यहीकारण दशैंमा मासुको व्यापार पनि अन्य समयभन्दा धेरै हुन्छ ।

तर पछिल्लो दुई बर्षको अवधिमा भने मासुको व्यापार छैन । कोरोना महामारीका कारण मासुको व्यापार पनि घटेको छ । मासुको व्यापार घट्दा भेडा र च्याङ्ग्रा व्यावसायीलाई ठूलो मर्का परेका छ । सोचेअनुसार भेडाच्याङ्ग्रा बिक्री नभएपछि पशुपालक र व्यावसायीहरु मर्कामा छन् । कृषकले उचित मूल्यमा भेडाच्याङ्ग्रा बिक्री गर्न पाएका छैनन् भने व्यावसायीका लागि सोचे अनुसार मुनाफा आर्जन गर्न सकेका छैनन् ।

दुई बर्षदेखि व्यापार घटेपछि नयाँ पशुपालक कृषकहरु निराश छन् । पशुपालनबाटै जीवीको पार्जन गर्ने र भेडाच्याङ्ग्रा बिक्री गरेर दशै–तिहार मनाउनेहरु बढी मर्कामा परेको छ । कतिपय पशुपालकलाई मूल्य नपाउँदा पनि घरखर्च चलाउन खस्सीबोका बिक्री गर्नुपर्ने बाध्यता छ ।

गाउँमै पशुपालन गरेर जीविको पार्जन गर्ने योजना बनाएकाहरु निरुत्साहित बनेका छन् । किनकी पशुपालनमा राम्रो सम्भावना हुँदाहुँदै कृषकले भेडाच्याङ्ग्राबाट उचित मूल्य पाउन सकेका छैनन् ।
सरकारले भेडाच्याङ्ग्रा निर्यातमा सहयोग गरेको छैन । कर्णालीमा उत्पादन हुने मासु कर्णालीमै खपत हुने अवस्था छैन । यहीकारण बाह्य जिल्ला नै भेडाच्याङ्ग्रा व्यापार गर्नुपर्ने कर्णालीको बाध्यता हो । तर निर्यातमा सहयोग नपाउँदा पशुपालकले उचित मूल्य पाउन सकेका छैनन् ।

तसर्थ कर्णाली प्रदेशलाई मासु उत्पादनमा सक्षम बनाउन सरकारले भेडाच्याङ्ग्रा निर्यातमा सहयोग गर्नु आवश्यक छ । किनकी कर्णाली प्रदेश पशुपालनको राम्रो सम्भावना छ । हिमाली जिल्लाहरुमा भेडाच्याङ्ग्रा र पहाडी जिल्लाहरुमा खस्सीबोक उत्पादन गर्न सकिन्छन् । यसो गर्दा पशुपालनबाटै किसानलाई आत्मनिर्भर गराउन सकिन्छ ।

यही कारण अब प्रदेश र स्थानीय सरकारले भेडाच्याङ्ग्रा तथा खस्सीबोका निर्यातमा सहयोग गर । जसका लागि अन्य प्रदेशसँग समन्वय गर । भेडाच्याङ्ग्रा तथा खस्सीबोकाहरु निर्यात नहुँदा पशुपालक कृषक र व्यावसायीलाई पर्ने मर्का बुझ् । तर पशुपालक कृषकलाई निराश बनाउने काम नगर ।

तपाईको प्रतिक्रिया