पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई ६ लाख राहत

तम्घास । पहिरोमा पुरिएर मृत्यु भएका एकै घरका तीन दिदीबहिनीको परिवारलाई राहत प्रदान गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले रेसुंगा नगरपालिका वडा नम्बर ८ का तिलक परियारलाई ४ लाख राहत स्वरूप प्रदान गरेका हुन्। राहत प्रदान गर्दै पौडेलले दुःखमा राज्य सँगै रहेको बताए ।

यसैगरी रेसुंगा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष भरत भलामीले पीडित परिवारलाई २ लाख २८ हजार ५२८ रुपैयाँको चेक प्रदान गरेका छन्। गुल्मी सेवा समाज जापानमा ७२ जनाले संकलन गरेर पठाएको रकमको चेक पीडित परिवारलाई भलामीले प्रदान गरेका हुन्।भलामीले पीडित परिवारको घर पुनःनिर्माण भइरहेको जानकारी दिए ।

गत असोज ५ गते राति घर माथिबाट आएको पहिरोले पुरिएर तिलक परियारका २१ वर्षीया भावना परियार, १४ वर्षीया गंगा र जमुनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया