सुर्खेत बसपार्कमा नक्कली टिकट बेच्ने, २ जना पक्राउ

सुर्खेत । सुर्खेत बसपार्कमा नक्कली टिकट बेच्ने दुई जना पक्राउ परेका छन । दशैको चहलपहल बढे संगै बसपार्कमा नक्कली टिकटे काटेको पाइएकाे छ । बसपार्कमा सुर्खेत भित्रीने र बाहिरीने यात्रुहरुको चाप बढे संगै मौका छोपी नक्कली टिकट बेच्ने गरेको पाईएको हो । बसपार्कमा देउती नागरिक यातायात प्रा.लि.लोगो र छाप बनाएर दुई जना युवाहरुले नक्कली टिकट काटिरहेको सुचना पाए पश्चात यातायात व्यवसायीहरुले पक्राउ गरी सुर्खेत प्रहरीलाई बुझाएका छन् ।

पक्राउ पर्नेमा दैलेख आठविस नगरपालिका(४ बस्ने २० वर्षीय प्रकाश शाही र वीरेन्द्रनगर(६ शनिहललाईन बस्ने वर्ष १९ का सञ्जु सुनार छन् । प्रहरीले उनीहरुको साथबाट एक ठेली नक्कली टिकट समेत बरामद गरेको छ । पक्राउ परेका व्यक्तिले टिकट काटिसकेको प्रहरीले फेला पारेको छ । सुर्खेत देखी अछाम सम्मका लागी दुई हजार भाडा उल्लेख गरेका छन् । पक्राउ परेका व्यक्तिहरुलाई नगर प्रहरीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

यता, देउती नागरिक यातायात प्रा।लि।का सचिव रमेश खड्काले बसपार्कमा आफ्नो समितिको नाममा नक्कली टिकट जारी हुनु दुखी बनाएको बताए । सचिब खड्काले यात्रुहरुलाई देउती नागरिकको बसपार्कमा रहेको ८ नम्बर काउन्टरमै पुगेर टिकट काट्न अनुरोध गर्दछु ।

तपाईको प्रतिक्रिया