सुनको मूल्य घट्यो, चाँदीको मूल्य २५ रुपैयाँले वृद्धि

(आज ) सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घट्एको छ ।, चाँदीको मूल्य २५ रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा २५ रुपैयाँले बढेर एक हजार २०० रुपैयाँ पुगेको हो ।


छापावाला सुनको मूल्य भने गत आइतबारको तुलनामा एक सय रुपैयाँले घट्दै आज प्रतितोला ९० हजार ६०० रुपैयाँमा झरेको महासंघले जनाएको छ । गत आइतबार सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य आज तोलामा एक सय रुपैयाँले घट्ेर ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार