हाम्रो देशका ट्राफिक पुलिस सारै बाठा

हाम्रो देशका ट्राफिक पुलिस सारै बाठा गाँठे । दशैं र दशैंजस्तै ठूला चाडपर्वबाँ कसरी पैसा कमाउनुपर्छ भन्ने तर्किव ठ् याक्कठ्याक्क जान्ने गाँठे । कोरोना आउनुअघि मापसे चेक गर्ने भन्दै मापसेका नामाँ मोटरसाइकल चालकलाई हत्तु गराएर करोडौँ रुपियाँ असुल गरेर चाडबाड मनाउँथे ।
यो पटक कोरोनाले गर्दा सरकारले नै होटेल खोल्ननी देकोछैन । अनि व्यापार व्यवसाय चौपट भएर मापसे गर्नै हम्मेहम्मे भएछि मान्छेले मापसे छोडे । अनि त अहिले ट्राफिक पुलिसले पैसा कमाउने नयाँ तर्किव ल्यारैछ ।

त्यो के भन्दा गाडीका नवुझिने नम्बर र नयाँ किन्या अन टेस्टवाला मोटरसाइकलाँ नम्बर लेखेन भनेर नम्बर असुली चलाएछि मापसे बराबरकै रकम असुल गर्याछन् । त्यसैले ट्राफिकको कमाइ घट्या छैन भन्ने हल्ला गर्छन् । कुरो साँचै त होला क्यारे ! यी बरै नेपालीले भष्टाचार गर्न नजान्या र दिमाग नख्या ठाउँ कइँ होलाकी ? खाली दिमाग सैतानका घर भन्या नी यही त होला । धेरै पढलेख गर्या पुलिस हुन्नन् । राम्रो कुरा सोच्नेतिर यिनरको दिमागै जान्न अनि खुराफात कसरी गर्ने ?

पैसा कसरी कमाउने र रातारात लखपति बन्ने भन्ने सोच हुन्छ । अनि त चाडपर्व हेरी पैसा कमाउन कहिले कुन खेल खेल्ने, कहिले कुन खेल खेल्ने भनेर सोच्यो । अनि त्यही अनुसार काम गर्याे बस । पैसाको के कमि रातारात लाखौँ कमाउँछन् नेपालका ट्राफिक हुन् वा अन्य पुलिस ! त्यसैले नेपालको जागिर मध्याँ पुलिसको जागिर नी मालामाल हो । कि कसो !

तपाईको प्रतिक्रिया