‘बैंकमा जागिर खाने रहर थियो’

                   नन्दा पौडेल अधिकृत, भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय, सुर्खेत

हरेक व्यक्तिका आ–आफ्नै सपनाहरु हुन्छन् । सोही अनुसारका लक्ष्य, उद्देश्य र इच्छाहरु पनि हुन्छन् । तर सबै सपना, इन्छा, लक्ष्य र उद्देश्यहरु पुरा हुँदैनन् । यस्तै भयो नन्दा पौडेललाई पनि । उच्च शिक्षा पढ्दै गर्दा पलाएको उनको एउटा सपना पुरा भएन । उनी बैकिङ क्षेत्रलाई कर्मथलो बनाउन चाहन्थिन् । बैंकमा जागिर गर्ने उनको ठूलो रहर थियो । तर समयले उनलाई निजामति क्षेत्रमा डो¥यायो । उनी विगत नौ बर्षदेखि निजामति क्षेत्रमा क्रियाशिल छिन् । प्रस्तुत छ, हाल भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय सुर्खेतमा कार्यरत उनै पौडेलको जीवन भोगाइ र निजामति क्षेत्रको अनुभवमा केन्द्रीत रहेर गरिएको कुरकानीको सम्पादित अंश :

संघर्षपूर्ण बाल्यकाल

नन्दा घरको जेठी छोरी हुन् । २०४६ भदौं १२ गते सुर्खेतको लेकबेशी नगरपालिका–१० साटाखानीमा बुवा बालाराम र आमा जगतकुमारी पौडेलको कोखबाट उनको जन्म भएको हो । बाल्यकाल गाउँमै विताइन् । मध्यमबर्गिय परिवारमा हुर्किएकी नन्दाको बाल्यकाल संघर्षपूर्ण रह्यो ।

‘दुःखैदुख त थिएन, तर सुख पनि थिएन’ उनी भन्छिन्, ‘अभाव नभए पनि बाल्यकाल संघर्षपूर्ण नै थियो ।’ उनका बुवा राजनीतिमा सक्रिय थिए । त्यो समय आमा एक्लैले घरव्यवहार चलाउँथिन् । ‘बुवा त वडाध्यक्ष हुनुहुन्थ्यो’ उनी भन्छिन्, ‘आमाले खेतिपाती गर्नुहुन्यो, म सानैदेखि आमालाई मेलापातमा सघाउँथे ।’

आमाले भैसीहरु पाल्ने र दुध बिक्री गर्ने गर्थिन् । भैसीको दुध बिक्री गर्न उनी साटाखानी विहानै वीरेन्द्रनगर आउँथिन् । ‘कक्षा ४ मा पढ्नेबेला दुई घण्टाको बाटो हिँडेर दुध बिक्री गर्न वीरेन्द्रनगर आउँथँे’ उनी बाल्यकाल सम्झिदै भन्छिन्, ‘बुवा प्रायः मेलापात गर्न भ्याउनुहुन्थेन, मैले आमालाई हरेक काममा सघाउँथे ।’

जेठी छोरी भएका कारण पनि मेलापातमा आमालाई सघाउनु उनको दायित्व थियो । परिणमतः यही जिम्मेवारीले जीवनको संघर्ष सिकायो । संघर्षमा रमाउन सकेकै कारण सफलता मिलेको उनको तर्क छ ।

छाप्रोमा पढ्यौं

नन्दा सानो हुँदा गाउँमा भर्खर विद्यालय खुलेको थियो । तत्कालीन पोखरीचौर प्राथमिक विद्यालयले सानो छाप्रोबाट पठनपाठन सुरु गरेको थियो । १०÷११ जना मात्रै विद्यार्थीहरु थिए । नन्दा पनि पहिलो ब्याजको विद्यार्थी थिइन् । घरपरिवारको साथ र सहयोगले सोही विद्यालयबाट उनले प्राथमिक तहसम्मको अध्ययन पुरा गरिन् । कक्षा ६ मा पुगेपछि पढाइमा मावली परिवारको साथ रह्यो । मामाको घरमा बसेर कक्षा ६ देखि एसएलसम्मको अध्ययन गरिन् ।

जन माध्यमिक विद्यालय बजारबाट २०६२ सालमा एलएसली पुरा गरिन् । अमरज्योति माध्यमिक विद्यालय नेवारेबाट प्लसटु सकिन् । तत्कालीन वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट स्नातक तह र मध्यपश्चिम विश्वविद्यालयबाट स्नातकोत्तर तह पुरा गरेकी छिन् । व्यवस्थापन विषयमा स्नातक, द्वन्द र शान्ति अध्ययन विषयमा स्नातकोत्तर गरेकी उनले कानून विषयमासमेत एलएलवी गरेकी छिन् ।


बैंकिङ क्षेत्रमा भविष्य विताउने उद्देश्यका साथ व्यवस्थापन विषय अध्ययन गरेकी हुन् । पढाइमा मध्यम स्तरिय उनी स्नातकोत्तर तहमा भने प्रथम भएकी थिइन् । पढाइ सँगसँगै उनी अभिनय क्षेत्रमा पनि सक्रिय थिइन् । विद्यालयबाट सुरु भएको अभिनय (नाटक) लाई प्लसटुसम्म निरन्तरता दिइन् ।
बालक्लबाट सडक नाटक गरेर सामाजिक सचेतना फैलाइन् । बालविवाह, छुवाछुत, सामाजिक कुरितिकाविरुद्धका अभिनय गरिन् । प्लसटुपछि भने अभिनय क्षेत्रलाई निरन्तरता दिन सकिनन् ।
त्यसपछि निजामति क्षेत्रमा

नन्दा बैकिङ क्षेत्रमा भविष्य व्यतित् गर्न चाहन्थिन् । त्यही लक्ष्यलाई पुरा व्यवस्थापन विषयमा उच्च शिक्षा हाँसिल गरिन् । स्नातक तह पुरा भएपछि बैकिङ क्षेत्रमा जागिर गर्न चाहन्थिन् । तर बैकिंङ क्षेत्रमा रमाउने सपना पुरा भएन । ‘लक्ष्य त बैकिङ् क्षेत्रमा रमाउने थियो, तर समयले निजामति क्षेत्रमा ल्यायो’ उनी भन्छिन्, ‘लक्ष्यभन्दा पनि समय अनुसार चल्न सक्नुपर्दाे रहेछ ।’

जतिसक्यो चाँडो जागिरे बन्नुपर्छ भन्ने मान्यताका कारण उनले बैंक र लोकसेवा आयोगको तयारी गरिन् । निजामति क्षेत्रमा पनि राम्रो भविष्य भएको बुझेपछि ट्यूसन पढ्न थालिन् । ‘ऊबेला सुर्खेतमा लोकसेवा आयोगका तयारी पढाउने ट्यूशन सेन्टरहरु थिएनन्’ उनी भन्छिन्, ‘साथीहरु काठमाडौं गएर आयोगको तयारी गरौं भन्थे, मैले त सुर्खेतमै कर्मचारी मिलन केन्द्रमा ट्यूशन पढेँ ।’ २०६८÷०६९ तिर सुर्खेतमा कर्मचारी मिलन केन्द्रले आयोगका तयारी कक्षाहरु पढाउँथ्यो ।

उनले त्यही मिलन केन्द्रमा आयोगको तयारी कक्षाहरु लिइन् । पढाइ प्रतिको लगाव र मेहनतले २०६९ साल मंसिर १३ गतेदेखि निजामति क्षेत्रमा प्रवेश गरिन् । तत्कालीन जिल्ला शिक्षा कार्यालय उनको पहिलो कर्मथलो बन्यो । २०७२ सालसम्म सोही कार्यालयको लेखापाल भएर सेवा गरिन् । २०७२ सालपछि अधिकृत भइन् ।
त्यसपछि इलाका प्रशासन कार्यालय बाबियाचौर पुगिन् । करिव साढे एक बर्षपछि तत्कालीन क्षेत्रीय प्रशासन कार्यालयमा सुरुवा भइन् । त्यहाँ दुई बर्ष विताइन् । संघीयतासँगै क्षेत्रिय प्रशासन कार्यालय खारेज भएपछि उनले कर्णाली प्रदेशसभा सचिवालयलाई कर्मथलो रोजिन् ।
प्रदेश प्रमुखको कार्यालयमा हुँदै हाल उनी भूमि व्यवस्था तथा सहकारी रजिष्टारको कार्यालयमा शाखा अधिकृतको रुपमा कार्यरत छिन् । निजामति क्षेत्रमा सचिवसम्म पुग्ने लक्ष्य राखेकी छिन् । समयको माग अनुसार संघर्ष गर्न सके सफल हुने उनको अठोट छ ।

दुर्गमका बासिन्दालाई सेवा गर्दा सन्तुष्टि

‘सरकारी काम, कहिले जाला घाम’ निजामति कर्मचारीहरुलाई प्रायः सबैले यस्तै आरोप लगाउँछन् । कतिपय कर्मचारीहरु व्यवहार पनि यस्तै हुन्छ । तर नन्दा भने कर्मचारीले सेवाग्राहीको मर्म बुझेर काम गर्नुपर्छ भन्ने मान्यता राख्छिन् ।
‘कर्मचारीले एक मिनेट छिटो काम गरिदियो भने सेवाग्राहीलाई ठूलो राहत हुनसक्छ’ उनी भन्छिन्, ‘कर्मचारीले सेवाग्राहीको मर्म बुझेर काम गर्नुपर्छ ।’ बाबियाचौर इलाका प्रशासन कार्यालयमा हुँदा एक मिनेट समय सेवाग्राहीका लागि कति महत्वपूर्ण हुन्छ भन्ने बुझेकी थिइन् । कुनै एक दिनको समय हो ।

छाप्रेबाट नागरिकता बनाउन भन्दै बृद्ध महिला कार्यालयमा पुगिन् । छाप्रे बाबियाचौरबाट अल्ली टाढा छ । त्यो दिन काम नभए दुई दिनसम्म बाबियाचौरमै बस्नुपथ्र्याे । शुक्रबारको समय थियो । आइतबार पनि सार्वजनिक विदा थियो । त्यहीकारण ति महिलाले सोहीदिन काम गरिदिन आग्रह गरिन् । एकैदिनमा, काम भनेपछि निकै खुशी भइन् ।

अन्ततः ‘छोरीको सधै भलो होस्, सधै प्रगति गर्नु’ भन्दै आर्शिवाद् दिएर ति महिला घर फर्किइन् । त्यो क्षण नन्दाका अविस्मरणीय बन्यो । बावियाचौरमा हुँदा लगाम र बेतानका दुर्गम बस्तीका नागरिकको सेवा गरिन् । ऊबेला बेतानबाट बाबियाचौर आउन दु ई ँदिन हिड् नु पथ्र्या  । दु र्ग मक्षेत्रका नागरिकको सेवा गर्न पाउँदा सन्तुष्टि मिल्ने उनको अनुभव छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार