बस दुर्घटनामा एकको ज्यान गयो, नौ घाइते

अमर सुनार दैलेख : सुर्खेतबाट जुम्ला तर्फ जादै गरेको ना ६ ख ९२२ नम्वरको यात्रुवाहक बस दैलेखको दुल्लु नगरपालिका वडा नं. १ मा पर्ने दरबारे भीर नजिक दुर्घटना हुँदा एक जनाको ज्यान जानुका साथै ९ जना घाइते भएका प्रहरीले जनाएको छ । आकस्मिक रुपमा बे्रक फेल भएर सडकको भित्तामा ठोक्किंदा गए राति करिव ९ बजेतिर अछाम पञ्चदेवल नगरपालिका–९ का बर्ष ७४ वर्षीय भक्तबहादुर शाही घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिनुभयो ।


घटना लगतै घटनास्थल पुगेको तल्लोडुंगेश्वर प्रहरी चौकीको टोलीले दुर्घटनामा घाइते ९ जनालाई राति नै स्थानीय मेडिकलमा उपचार गराएको इलाका प्रहरी कार्यालय दुल्लूका प्रहरी निरीक्षक नेत्र बुढाले बताउनुभयो । चालक फरार भएकोले यात्रुहरुलाई स्थानीयले राति आश्रय दिएका थिए । यात्रुहरुले अलपत्र पारिएको भन्दै प्रदर्शन गरेका छन्, यात्रुहरुलाई वैकल्पिक सवारी साधनको प्रवन्ध गरी गन्तव्यसम्म पु¥याउन पहल भइरहेको जिल्ला प्रहरी दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया