‘सत्यम्’मा पलको जोडी मलिका

अभिनेत्री तथा मोडल मलिका महत फिल्म ‘सत्यम्’का लागि अनुबन्धित भएकी छन् । राजेश हमालको मुख्य भूमिका रहने फिल्ममा उनी अभिनेता पल शाहको जोडीको रुपमा देखिनेछिन् । ‘यात्रा’बाट फिल्म डेब्यू गरेकी मलिकाले केही अगाडि फिल्म ‘पानीफोटा’ मा समेत गरेकी छिन् । ‘सत्यम्’ को कथावस्तु, टिम र आफ्नो भूमिका राम्रो भएर आफू जोडिएको उनले बताइन् ।


शंकर कार्कीको निर्देशन रहने फिल्ममा अनुप विक्रम शाही र अभय बरालको पनि मुख्य भूमिका रहनेछ । नवयुग सिनेमाको प्रस्तुति रहेको फिल्ममा योगेश काजीको संगीत छ ।
रामजी लामिछाने कोरियोग्राफी अष्टमान महर्जनको द्वन्द्व निर्देशन रहने फिल्म छायाँकनका लागि पोखरामा भव्य सेट बनाइएको छ । तिहार लगत्तै छायाँकनमा निस्कने बताइएको फिल्म पछि माथिल्लो मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार