भ्रष्टाचारको आरोप लागेपछि अस्ट्रियाका चान्सलरद्वारा राजीनामा

भ्रष्टाचारको आरोप लागेपछि अस्ट्रियाका चान्सलर सबास्चियन क्रुजले राजीनामा दिएका छन् । उनले आफ्नो स्थानमा विदेशमन्त्री अलेक्जान्डर स्कालेनबर्गलाई चान्सलर प्रस्ताव गरेका छन् । उनीआबद्ध ओभीपी पिपल्स पार्टीका विभिन्न कार्यालयहरूमा छापा मारेपछि क्रुजसहित ९ जनालाई अनुसन्धानमा राखिएको थियो । क्रुजमाथि सरकारी पैसा प्रयोग गरेर पत्रपत्रिकामा सकारात्मक कभरेज गराएको आरोप छ । जसलाई उनले खण्डन गर्दै आएका छन् ।

उक्त आरोपले उनको गठबन्धन सरकार ढल्ने अवस्थामा पुगेको थियो । गठबन्धनको सबैभन्दा कान्छो पार्टनर द ग्रिन्सले क्रुज चान्सलर पदमा रहिरहन योग्य नरहेको बताएको थियो । द ग्रिन्सले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेका विपक्षी दलसँग छलफल समेत शुरु गरेको थियो ।

ग्रिन्सका नेता तथा भाइस चान्सलर वेर्नर कोग्लरले क्रुजको राजीनामालाई स्वागत गर्दै स्कालेनबर्गसँग काम गर्न तयार रहेको बताएका छन् । स्कालेनबर्गसँग रचनात्मक सम्बन्ध रहेको उनले बताएका छन् । –बीबीसी

तपाईको प्रतिक्रिया