कर्णाली नदीमा डुंगा पल्टिदा एक बेपत्ता

सुर्खेत । कर्णाली नदीमा डुंगा पल्टिदा एक जना युवती बेपत्ता भएकी छन् ।

सुर्खेतको चौकुने गाउँपालिका र  कैलालीको मोहन्याल गाउँपालिकाबीचको कर्णाली नदीमा डुंगा पल्टिएदा युवती बेपत्ता भएकी हुन् । डुंगा पल्टिदा चौकुने – १० घाटगाउँ कि १८ वर्षकी अनिता विक बेपत्ता भएको सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए ।


उनका अनुसार मोहन्याल–३ कैलालीको किनारमा पुग्दै गर्दा पल्टिएको हो । डुंगामा पाँच सवार थिए । अनिता बाहेक सबैको सकुशल रहेछ छन् । घटनास्थलमा बाबियाचौरबाट प्रहरी पुगि बेपत्ता युवतीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार