जनप्रतिनिधिसँग मौलिक हकका सवालमा सवाल जवाफ

दुर्गा विसि 

सल्यान : पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा जनप्रतिनिधिसँग सरोकारवाला निकायका शिक्षा, स्वास्थ, खाद्य र आवसका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नगरका स्वास्थ्य ,शिक्षा र खाद्यका सवालमा हाल विद्यमान अवस्थाको विषयमा सरोकारवाला निकायले जनप्रतिनिधिसँग सवाल जवाफ भएको थियोे । नगरमा नगर अस्पताल,दक्ष जनशक्ति,कोभिड नियन्त्रणको प्रयास,विद्यालयहरुको पठनपाठन,भौतिक पुर्वाधार,किसानका लागि मल विउजन, कृषि प्राविधिक जनशक्ति अभाव,आवास,गुणस्तरिय खाद्य वस्तु, वजार अनुगमन, वजारमा मूल्य सुचि, सडक विस्तार नहुदा वजारमा पेरको असर लगाएतका यावत विषयमा घनिभुत छलफल भएको थियोे ।

सरोकारवाला निकायहरुले औंल्याका मुख्य कुराहरूमा कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख गोविन्द कुमार पुन, विशिष्ट अतिथि नगर उपप्रमुख मञ्जु यरि ,प्रमुख प्रशाकिय अधिकृत मनोज रेग्मीले सरोकारवाला निकायले राखेका समस्याका विषयमा जवाफ पेश गरेका थिए ।

केही कुरामा सुधार भएको गरेको र बाँकी कुरामा सुधार हुने समेत प्रतिवद्ता जनाएको छ ।शिक्षक, अभिभावक, व्यापारी, मानवअधिकारसञ्जाल समुहका सदस्यहरु,विद्यार्थी,व्यापारी,उपभोक्त,जनप्रतिनिधि,कर्मचारी र पत्रकारहरुको उपस्थिति रहेको थियोे । इन्सेक कर्णाली प्रदेश संयोजक इपिएल परियोजनाका दुर्गा थापाको अध्यक्षतामा कार्यक्रममा भएको थियोे ।

कार्यक्रमका वारेमा प्रकाश पार्ने काम इन्सेक सल्यान प्रतिनिधि तथा परियोजनाका सहजकर्ता रामचन्द्र रेग्मीले गरेका थिए भने सञ्चालन पत्रकार दुर्गा विसिले गरेका थिए ।कार्य पत्रमा उठान गरेका शिक्षा,स्वास्थ्य,खाद्य र आवासका विभिन्न कुराहरूलाई वुँदागतरुपमा औंल्याउने काम गरिएको थियोे ।

यो परियोजना ४ वर्ष यता लागु भए पश्चात् मौलिक हक र आधारभुत कुराहरूमा राज्यका निकायलाई सजगता पार्ने र सुधार गर्दै अघि वढ्ने काम गरेको छ ।

तपाईको प्रतिक्रिया