पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण पुष्टि, ८९९ जना  डिस्चार्ज

पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०३१ जनामा गरिएको नमूना परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । सोही अवधिमा ८९९ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या १५३४० रहेको छ ।

तपाईको प्रतिक्रिया