समय आएपछि मात्रै निर्वाचन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारपछि सरकार दुर्घटनामा पर्छ कि भन्ने लागेको शंका हटेको बताएका छन् ।

चितवन उद्योग संघको ३० औं वार्षिक साधारणसभा तथा १६ औं अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘पूर्णता नपाउँदै दुर्घटनामा पर्छ कि भन्ने थियो । अब शंका हटाइदिनुहोस । हिजोबाट दुर्घटना टरेको छ‚ अब काममा जुट्नुहोसख ।’

शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले पूर्ण कार्यकाल काम गर्ने दाबी गरे ।

प्रचण्डले भने, ‘अगाडि नै निर्वाचन हुँदैन, अब समय आएपछि मात्रै निर्वाचन हुन्छ ।’

तपाईको प्रतिक्रिया