ईपीएल फाइनल : चितवनविरुद्ध पोखरा ब्याटिङमा

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी(ट्वान्टी क्रिकेटको फाइनलमा अहिले चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।

टियु क्रिकेट मैदानमा चितवनले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । पोखराले सुरुवातमा ब्याटिङ गर्नेछ ।

सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो । र, दुबै टिम जित निकाल्दै पहिलो पटक उपाधि उचाल्न चाहन्छ ।

पहिलो पटक उपाधि उचाल्न दुबै टिम तयार रहेका छन् । त्यसैले फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

पहिलो क्वालिफायरमा चितवनले पोखरालाई नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो । तर, दोस्रो क्वालिफायरमा पोखराले भैरहवा ग्लाडियसर्टलाई हराएर फेरि चितवनसँगको भेट पक्का गरेको थियो ।

यस संस्करणको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।

तपाईको प्रतिक्रिया