मन्त्रिपरिषद् बैठकमा देउवाले भने, इमानदार भएर काम गर्नु

काठमाण्डौ । सरकारले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड,२०७८ लाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद् विस्तार भएपछि शुक्रवार पहिलो पटक बसेको मन्त्रिपरिषद्को बैठकले कम खर्चमा धेरै नजिता दिने भन्दै मापदण्ड स्वीकृत गरेको नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

कोरोना महामारीले देशको आर्थिक व्यवस्थामा परिरहेको सङ्कट र विकासको बढ्दो मागलाई ध्यान दिइएको सरकारी दाबी छ । मापदण्डमा सरकारले अनावश्यक खर्च नगर्ने, कम खर्चमा नतिजा दिने, करारमा अनावश्यक कर्मचारी भर्ना नगर्ने, बैठक र भ्रमण भत्तामा कडाइ लगायतका विषय समेटिएका मन्त्री कार्कीले जानकारी दिनुभयो ।

k|d b]pjfåf/f lgb]{zg
sf7df8f}F, !$ ;fpgM
k|wfgdGqL z]/axfb’/ b]pjf l;+xb/af/df laxLaf/ gjlgo’Qm /fli6«o of]hgf cfof]usf pkfWoIf 8f ljZj kf}8]nnfO{ kb tyf uf]kgLotfsf] zkykl5 lgb]{zg lbFb} . tl:a/M /f]zg ;fksf]6f÷/f;;

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न नवनियुक्त मन्त्रीलाई निर्देशन दिनुभएको छ । मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देश, नागरिकको आवश्यकताअनुसार उत्साह र इमानदार भएर नागरिकको अपेक्षालाई सम्बोधन गर्ने गरी काम गर्न निर्देशन दिनुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया