राजेशको ‘बरि लै’ सार्वजनिक

काठमाडौं । गायक राजेश कुँवरको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । कुँवरको ‘बरि लै’ बोलको गीत सार्वजनिक भएको हो ।

चन्द्र चौधरीको शब्द, संगीत र संयोजन रहेको गीत अकोस्टिक नेपाल स्टुडियोमा रेकर्ड भएको हो । मायाप्रेमका भाव समेटिएको गीतको भिडियो पनि राम्रो बनेको छ । ललितपुरको गोदावरीमा छायांकन भएको भिडियोमा मानसी तामाङ, निकेश ढकाल, सागर लामा लगायतका नवकलाकारहरूको अभिनय छ ।
अनिल गुरुङको सिनेम्याटोग्राफी रहेको भिडियोलाई विराज तामाङले सम्पादन गरेका हुन् । म्युजिक भिडियोलाई अञ्जिल गुरुङले निर्देशन गरेका हुन ्।


गत वर्ष गायक कुँवरले चर्चित गायिका मेलिना राईसँग ‘सिङ्गापुरे सारी’ बोलको गीतमा आवाज दिएका थिए । गीतमा सुनिल क्षेत्री गायतका कलाकारहरूको अभिनय रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार