भष्टाचारले कर्नालि डुङ्गडुङ्गति गन्हाईसक्यो ।

हैन ! यो जिल्लाँ डिएफोहरु जम्मै घुसखोरी, दलाली र भष्टाचारी मात्रै आउँदा रैछन् की क्या हो ? योभन्दा अघिको डिएफओ नी काँ भष्टाचाराँ समात्तिए भन्थे । अहिल्या डिएफओ गोविन्दप्रसाद दहालनी काँक्रेविहार जंगल बेचेर खान लाए भन्ने कुरा आईराछ त ।

काँक्रेविहार वन भन्या त पैला पुरै वनक्षेत्र नभएर जनताको खेतसमेत अधिग्रहण गरेर पन्चहरुले राजालाई देखाएर राजाले नी मन्दिर संरक्षणकै लागि वन पालन गर्नु पर्ने भनेर वृक्षरोपण गरेर नै त्यो पुरानो काँक्रेविहार अहिल्या रुपाँ आ हो । सुर्खेत उपत्यकाको बिचाँ भा यो वनक्षेत्राँ कुनै भ्रष्ट कर्मचारी र नेताहरुको कुदृष्टि नपरोस् र यो वन हिनामिना गर्न नपाउन भनेर राष्ट्रिय वनका रुपाँ यस्लाई राखियो ।

काँक्रेविहार मन्दिरको संरक्षण र जिर्णाेद्धार गरी पर्यटकीय क्षेत्रका रुपाँ यसलाई विकास गर्ने भनिया छ । तर वनको संरक्षणका लागि पक्की बारबेरका नाममा डिएफो दाहाल र ९ नं वडाध्यक्ष मिलेर जग्गा दलालहरुलाई जग्गा बेचेर अकुत सम्पति कमाउन थाल्या कुरा बाहिर आएछी जुनसुकै सुर्खेतीलाई नी यस विषयाँ चासो जाग्नु स्वभाविक हो ।

अधिग्रहण भा जग्गाट नस् ६÷७ मिटर जग्गा बाहिर छोडेर भिबात्राट पर्खाल लाउने टेण्डर आब्हानको कुराँ डिएफो र वडाध्यक्षा मात्रै हात नभएर मन्त्रालय स्तर र कर्नाली सरकारको नी हात हुनसक्छ । त्यसैले यो विषयाँ सुर्खेतका राजनीतिक दल, तिनका युवा संगठन र प्रतिपक्ष दलका नेतारु सडकाँ आउनुपर्छ ।

दलहरुको काम भनेको सरकारी सम्पतिको संरक्षण गर्ने पनि त होला । सँधैभरी सत्ताँ जान र कसैलाई सत्ताट गिराउन मात्रै खेल खेल्ने त हैन होला । प्रदेशाँभाको सम्पत्तिको संरक्षण गर्नु पनि त दलको दायित्व हो ।
त्यसैले काँक्रेविहार वन क्षेत्राँ पक्की तारबार गर्दा ६÷७ मिटर जग्गा किन छोडिएको हो ? यसबारे जानकारी लिने र यदि बाहिर आको कुरा साँचो हो र दलाल र भूमाफियाको चंगुलबाट राज्यको सम्पति गुम्न खोज्या हो भने त्यसलाई रोक्ने जिम्मेवारी नी दलको हो । त्यसैले सुर्खेतका दलहरु कुम्भकर्णको निन्द्राँ कति सुत्छौ ? अब त जाग ! कर्नालीका कर्मचारी र सत्तासिन दलको भष्टाचारले कर्नालि डुङ्गडुङ्गति गन्हाईसक्यो ।

 

तपाईको प्रतिक्रिया