आजदेखि हलमा सिनेमाको प्रदर्शन सुरु

लामो समयपछी आजदेखि सिनेमाहरु खुलेका छन । क्युएफ एक्सले आफ्ना ४ वटा हलमा अग्रेजी सिनेमाको प्रदर्शन भैरहेको जनाएको छ। यसैक्रममा फाष्ट एण्ड फोरियस नाईन र नोबडी नामक अग्रेजी सिनेमाको अग्रेजी र हिन्दी भाषामा डबिङ गरिएको चलचित्र गरिदैंछ ।

क्युएफएक्सका हलहरुमा अशोज २६ गते फूलपातीको दिन देखि डाँडाको बरपिपल प्रदर्शन गरिदैंछ । सो चलचित्र देशैभरि पनि सोही दिन देखि प्रदर्शन गरिने कार्यक्रम रहेको छ । हाल क्युएफएक्सका काठमाडौंको सुन्धारा स्थित सिभिल मल र ठमेलको छाँया सेण्टरका साथै भक्तपुर, ललितपुरको लबिम मल र बिराटनगरमा सिनेमा प्रदर्शन सुरु गरिएको हो ।

बिग मुभिजका हल पनि आजदेखि खुलेका छन । त्यहाँ पनि दुईवटा अग्रेंजी सिनेमाको प्रदर्शन भैरहेको छ । बिग मुभिजले आफ्ना सबै कर्मचारीहरुले खोप लगाईसकेकोले सुरक्षित रुपमा सिनेमा प्रदर्शन गरिने प्रतिबध्दता व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया