राजनीतियाँ ओलीबा जति कोही सक्दैन कि क्या ?

राजनीतियाँ ओलीबा जति कोही सक्दैन कि क्या ? उल्टोनी जित्ने, सुल्टोनी जित्ने गाँठे । विधान अधिवेशनाँ ओलीबा देशमा भैरा सरकारको हालत, प्रतिपक्षा भूमिका, कोरोना खोप, अनि पार्टी फुटि सकेछि कसरी जाने भनेर जनतालेसमेत सुन्नेगरी केही कुरा भन्ने हैन र ? तर ह्वाँ त उल्टै फुटेर जानेकोनी अनि आँफुतिर बसेकाहरुको र जान नसकेर दुविधाँ बसेकाहरुको धज्जि उड्ने गरी र हँसिमजाक गरेर तीनदिने विधान अधिवेशन टुंगयाएर छोडदिनु भो गाँठे । देवत्वकरणदेखि पर्शुरामको बन्चरो सम्मको व्याख्या गर्नुभाका ओलीबाका लागि यो अधिवेशन सुल्टै परेनी जब मंसिरे अधिवेशन पछि पाँच बर्ष ओलीबाको अघिपछि घुम्नेहरुले अध्यक्ष हुनै नपाउने स्थिति आउला । त्योबेलाँ एमाल्याँ चिर्काे पर्याे भने त्यल्लाई सम्हाल्ने को हुन् ?

त्यतिबेला बल्ल सुवाश, रावललगायत आजिवन राजनीति गरेर अन्त्याँ फुस्टा भएर पार्टीयाट हिँडन पर्दा त्यतिबेला माधव नेपाललाई सम्झने त होलान् नी ! हुन त ओलीको शेषपछि एमाले जुट्दैन भन्ने कुरो छैन । किन त भन्दा अहिले पार्टी फोड्न जुरुक्जुरुक भाका त महेश बस्नेत र डिस हान्ने नेतारु न हुन् । भोलि अरु पार्टी एक भएर सत्ता दाम्लो अँठ्याअँठ्याइ गर्ने तर छुटिभिन्न भाका दुई भाई जुटदै नजुटेर सँधै सडकाँमात्रै बस्नपर्ने स्थिति आयो भने त अहिले माधव नेपाललाई सत्तो सराप गर्नेहरु नी त माधव नेपाल हाईहाई भन्ने अवस्थाँ पुग्लान् क्यारे । यो राजनीति भन्ने कुराँ कहिल्यै नचिता कुरा नी हुँदोरैछ भन्ने कुरा त देउवा प्रधानमन्त्री भाबाटै था भाछ हैन र ?
आखिर छँदाखाँदा दुईतिहाइ लत्याएर ओलीबाले सत्तालाई जसरी लछारपछार पारे । र अहिले अरुलाई गाली गरेरै दिन काट् या छन् ।

यो कुराले राजनीतिज्ञ स्वार्थी भो भने जनता र देशले कति दुख पाउँछन् भन्ने कुरा गको मंसिर ५ बाट देश अस्थिर भा हो अहिलेसम्म अस्थिरै छ । एउटा मन्त्रीमण्डलसम्म बनाउन नसक्नेले देश बनाउँछन् भन्ने कुरा कसरी पत्याउने ? ओलीबाको हठिबानीले दुई तिहाई पाको सरकार अहिले सडकभरी पोख्खियाछ । उठाउने हिम्मत कसैको छैन । धन्य हो राजनीतिक दलहरु तिमीहरुलाई कुन शब्दले गाली गरौँ । मसित त त्यो शब्द पनि छैन । ओलीबाको गालीले तिमीहरुको घैंटाँ घाम लाग्दैन ?

तपाईको प्रतिक्रिया