३८ क्वीन्टल सुन तस्करीमा संलग्न ६ जनालाई जन्मकैदको सजाय

विराटनगर । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा चूडामणि उप्रेती (गोरे)सहित ६ जनालाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला सुनाएको छ ।जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले गोरेसहित मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो ।

यस्तै, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई अपहरण तथा शरीर बन्धकमा पनि सजाय तोकिएको छ। फरार २२ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको छ । अन्य आरोपीलाई भने अदालतले सफाइ दिएको छ ।

तपाईको प्रतिक्रिया