‘दुर्गम कर्णालीलाई प्रविधिसँग जोड्नुपर्छ’

सन्तोष शर्मा कार्यालय प्रमुख, नेपाल टेलिकम, सुर्खेत  । दुरसञ्चार कार्यालय (नेपाल टेलिकम) सुर्खेतका प्रमुख हुन् सन्तोष शर्मा । प्यूठानमा जन्मिएका उनले सुर्खेतलाई कर्मथलो रोजेका छन् । भौगोलिक विकटताका कारण कर्णालीमा कुनै पनि कार्यालयमा कर्मचारीहरु आउँन मान्दैनन् । तर शर्मा भने भौगोलिक विकटता नभनी सुर्खेतलाई कर्मथलो रोजेका छन् । उसो त भौगोलिक हिसावले प्यूठान र कर्णालीको भूगोल लगभग मिल्छ । कर्णाली जस्तै प्यूठान पनि पहाडि जिल्ला हो । प्यूठान साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रमै पर्दथ्यो । यहीकारण उनलाई कर्णाली आउन कुनै संकोच लागेन । बरु दुर्गम क्षेत्रमा बसेर राष्ट्रको विकास निर्माणमा सहयोग पु¥याउने उनको योजना छ । प्रस्तुत छ, उनै शर्माको निजामति क्षेत्रको अनुभव र जीवन भोगाईमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

हसंघर्षमा वितेको बाल्यकाल

निम्त बर्गिय परिवारमा सन्तोषको जन्म भयो । प्यूठानको विजुवार भन्ने गाउँमा बाल्यकाल विताए । घाँसदाउरा मेलापात गर्दै हुर्किए । ‘म त मेलापात गरेरै हुर्किएको हुँ’ उनी भन्छन्, ‘सानोमा घाँस काट्ने दैनिक डिउटी नै हुन्थ्यो ।’ विद्यालय जाने उमेरमा पनि उनले विहान–बेलुका घाँस दाउरा गर्नुपर्ने बाध्यता थियो । सानैदेखि कृर्षक परिवारले गर्नुपर्ने सबै भूमिका उनले निभाउनु पथ्र्याे । संघर्षमै हुर्किएका उनले जीवनमा अप्ठेरो क्षण भने भोग्नु परेन ।

बुवा निजामति कर्मचारी भएकै कारण आर्थिक अभाव भोग्नु नपरेको उनको भनाइ छ । आमा विमाकुमारी र बुवा शारदाराम शर्माबाट २०४२ माघ १३ गते प्यूठान नगरपालिका वडा नं. ४– विजुवारमा उनको जन्म भएको हो ।

पढाइमा अब्बल

सन्तोष शर्मा पढाइमा सानैदेखि अब्बल थिए । माध्यमिक तहसम्म उनी सधै कक्षा प्रथम हुन्थे । उनलाई जीवनमा न फेल भएको अनुभव छ, न त कुनै पनि परीक्षामा दुई पटक सहभागी हुनु परेको छ । संयोग कस्तो भने एसएलसी परीक्षामा जिल्ला प्रथम भएकै कारण उनले इन्जिनियर अध्ययन गर्न पाएका थिए । ‘बुवाले एसएलसी परीक्षामा प्रथम डिभिजनमा पास भए साइन्स र त्यो भन्दा राम्रो अंक ल्याएर इन्जिनियर पढाउँछु भन्ने सर्त राख्नु भएको थियो’ उनले भने, ‘ जिल्ला प्रथम भएँ, अनि इन्जिनियर पढ्ने मौका पाए ।’ ऊबेला पढाइमा अब्बल भएका विद्यार्थीहरु विज्ञान, अंग्रेजी र गणित विषय पढ्नुपर्छ भन्ने मान्यता थियो ।

उनका बुवाले साइन्सभन्दा इन्जिनियर राम्रो हो भन्ने बुझेका थिए । जिल्ला प्रथम नै भएपछि बुवाले उनलाई इन्जिनियर पढाउन तयार भएका हुन् । प्लसटुदेखि स्नातकोत्तरतहसम्म छात्रबृत्तिमा इन्जिनियर पढ्ने मौका पाए । उनी पढाइमा अब्बल हुनुको पछाडि बुवाको ठूलो साथ छ । ‘राती दश नबज्दासम्म सुत्न मिल्थेन, टिक्की बालेर पढ्नुपथ्र्याे’ उनी भन्छन्, ‘एकभारी घाँस काटेर विद्यालय गए पनि विहान ६ बजे नै उठेर पढ्नुपथ्र्याे ।’

टुक्की बालेर पढे

ऊबेला सिसाको बोत्तलमा मट्टीतेल भरेर उज्यालो बालिन्थ्यो । शर्माको घरमा पढ्नुपर्छ भन्ने वातावरण थियो । यही लगनशीलता र मेहनतको कारण उनी पढाइमा सधै प्रथम हुन्थे । गाउँकै शारदा प्राथमिक विद्यालय सापडाँडामाबाट कखरा सिकेका हुन् । कक्षा १ देखि ५ सम्म सोही विद्यालयमा अध्ययन गरे । कक्षा ६ देखि १० सम्मको पढाइ जनता माध्यमिक विद्यालय बागचुलाबाट पुरा गरे । २०५८ सालमा एसएलसी पास गरेका उनले छात्रबृत्तिमा पश्चिमाञ्चल इन्जिनियर क्याम्पस पोखरामाबाट इन्जिनियर (ओभरसियर) पास गरे ।


फुलचोक कलेजबाट डिप्लोमा गरेका शर्माले हिमालय इन्ष्टिच्यूचट अफ टेक्नोलोजी काठमाडौबाट इन्जिनियर विषयममै स्नातकोत्तर गरेका छन् । पढाइका अतिरिक्त उनी दौड प्रतियोगिता र भलिबल खेलमा रुचि राख्थे । विद्यालयमा हुने भलिबल प्रतियोगिताहरु प्राय छुटाउँथेनन् । भलिबलमा उनी सटरको भूमिका निभाउँथे । जिल्लास्तरिय प्रतियोगिताहरुमा पनि सहभागी हुन्थे । एसएलसीपछि भने भलिबल खेललाई निरन्तरता दिन सकेनन् ।

अनि जागर खाए

इन्जिनियरको पढाइ पुरा भएपछि रोजगारीमा जोडिए । युरोपिएन युनियन, यूएनडीपी जस्ता अन्तर्राष्ट्रिय प्रोजेक्टमा रहेर काम गरे । झण्डै दुई बर्ष एनजीओ क्षेत्रमा काम गरेका उनको आत्मादानी राम्रो थियो । दुबै संस्थामा आकर्षक सेवा सुविधा थियो । तर स्थायित्व थिएन । धेरै समय अस्थायी जागिर गर्न उपयुक्त ठानेनन् ।
त्यसपछि स्थायी रोजगारीको लागि २०६९ साल भदौं १४ गतेबाट उनी निजामति क्षेत्रमा आए । तत्कालीन दुरसञ्चार कार्यालय नेपालगञ्ज क्षेत्रिय निर्देशनालय उनको पहिलो कर्मथलो बन्यो । केही समयपछि दाङमा सरुवा भए ।
दाङ्को बसाई पनि धेरै लामो हुन सकेन् । दाङपछि उनी दुरसञ्चाको केन्द्रीय कार्यालय भन्द्रकाली रहेर काम गर्ने मौका पाए । हाल उनी दुरसञ्चार कार्यालय सुर्खेतमा कार्यालय प्रमुखको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।

कर्णाली प्रतिको मोह

कर्णाली प्रदेश भौगोलिक रुपमा निकै विकट छ । सुर्खेतबाहेक कर्णालीका नौ जिल्लाहरु पहाडि र हिमाली क्षेत्रमा पर्दछन् । यही विकटताका कारण कर्मचारीहरु कर्णालीमा आउन मान्दैनन् । यो भौगोलिक विकटताले शर्मालाई पनि नछोएको होइन । कर्णालीका दश वटै जिल्लामा टेलिफोनको सहज पहुँच विस्तार गर्नुपर्ने दायित्व र जिम्मेवारी निभाउनुपर्छ । कर्णालीका सात जिल्लाहरुमा अहिले पनि अप्टीकल फाइबर पुगेको छैन । अप्टिकल फाइबरको विस्तार विना टेलिफोन सेवालाई सहज बनाउन निकै चुनौतिपूर्ण छ ।

‘जहाँ–जहाँ अग्ला डाँडाहरु छन्, त्यही ठाउँबाट सेवा दिनुपर्छ’ उनी भन्छन्, ‘यातायातको सहज पहुँच नहुँदा सेवा प्रवाह गर्न निकै चुनौतिपूर्ण छ । यातायातको सहज पहुँच नहुँदा पूर्वाधारको ढुवानीमा निकै महंगो छ । विद्युतको अभावका कारण हिमाली क्षेत्रमा १२ महिना सेवा दिन मुस्कील छ । बैकल्पिक उर्जाको सहायताले टेलिफोन टावरहरु सञ्चालन गर्नुपर्ने बाध्यता छ । यस्तो अभाव र चुनौति हुँदाहुँदै पनि शर्माले कर्णालीलाई कर्मथलो रोजे ।

‘मेरो जन्मभूमि र कर्णाली उस्तउस्तै ठाउँ हुन्’ उनी भन्छन्, ‘कर्णालीमा सेवा गर्न पाउँदा आफ्नै क्षेत्रमा बसेजस्तो लाग्छ । उसो त भौगोलिक हिसावले प्यूठान र कर्णालीको भूगोल लगभग मिल्छ । कर्णाली जस्तै प्यूठान पनि पहाडि जिल्ला हो । कर्णालीप्रतिको यही अपन्तव भावका कारण सुर्खेतलाई कर्मथलो रोजेको बताउँछन् । सुर्खेतमा रहेर कर्णालीको दुरसञ्चारका क्षेत्रमा योगदान गर्ने उनको अठोट छ ।
‘भौगोलिक रुपमा विकट भए पनि कर्णाली मेरो लागि दुर्गम छैन’ उनी भन्छन्, ‘जति दिन यहाँ बस्छु, कर्णालीको दुरसञ्चारका क्षेत्रमा योगदान गर्छु ।’ कर्णाली जस्तो विकट क्षेत्रलाई प्रविधिसँग जोड्नुपर्ने उनको तर्क छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार